site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
११ करोडमा पाँच ब्रुमर ल्याउँदै कामनपा, दुई टन धुलो उठाउने
Ghorahi CementGhorahi Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाले ११ करोड रुपैयाँ खर्चेर ५ वटा ब्रुमर खरिद गर्ने भएको छ । काठमाडौंका सडक सफा गर्नका लागि महानगरपलिकाले इटालीबाट ब्रुमर मगाएको हो । 

“पाँचवटा ब्रुमर इटालीबाट खरिद गरिने भएको हो । यसको सम्पूर्ण खरिद प्रक्रिया सम्पन्न भइसकेको छ,” महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, “यसका लागि ११ करोड बजेट छुट्याएका छौं ।”

गतवर्ष वैशाखमा महानगरपालिकाका तत्कालीन कार्यकारी प्रमुख ईश्वरराज पौडेलले काठमाडौंका सडकको धुलो बढार्नका लागि १० वटा ब्रुमर किन्ने योजना सार्वजनिक गरेका थिए । सोही योजनाअन्तर्गत महानगरपालिकाले ब्रुमर खरिद प्रक्रिया अघि सारेको हो ।

Agni Group

अर्थ मन्त्रालयले महानगरपालिकालाई ब्रुमर खरिदका लागि हालै बजेट निकासा गरेको छ । अर्थ मन्त्रालयले ३ वटा ब्रुमर खरिदका लागि ६ करोड ७० लाख बजेट निकासा गरेको हो । यसअघि चीन सरकारले महानगरपालिकालाई २ वटा ब्रुमर उपहार दिने बताएको थियो । ती ब्रुमरहरु हालसम्म पनि काठमाडौं आइसकेको छैन । 

“चीनले दिने भनेको ब्रुमरमा चालकको सीट बायाँतर्फ रहेको हुँदा उक्त ब्रुमर नेपालको सडक र ट्राफिक नियमअनुसार सुहाउँदो नभएपछि हाल तिनको चाललको सीट दायाँतर्फ सारिँदै छ,” प्रवक्ता कार्कीले भने, “त्यसपछि ती ब्रुमर महानगरपालिकाले ल्याउने छ ।”

Global Ime bank

हाल सडक विभागसँग चारवटा ब्रुमर छन् । जसमा २ वटा कामविहीन अवस्थामा छन् । मेलम्ची खानेपानी आयोजनाले काठमाडौंका सडक खनेका कारण ब्रुमर सञ्चालन गर्न अप्ठ्यारो भएको सडक विभागका उपमहानिर्देशक तथा सूचना अधिकारी मुक्ति गौतमले बताए ।

विकसित मुलुकका सडकमा प्रयोग हुने ब्रुमर काठमाडौंका बिग्रिएका सडकमा प्रयोग गर्न अप्ठ्यारो हुने देख्दादेख्दै ब्रुमर खरिद योजना अघि सारिँदा सोही समय महानगरपालिकाको आलोचना भएको थियो ।  काठमाडौंका सबै सडकमा खानेपानीका पुरिसक्न अझै २ वर्ष लाग्ने मेलम्ची खानेपानी उपआयोजनाअन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख कार्यकारी अधिकृत तिरेशप्रसाद खत्री बताउँछन् । 

सडकको यस्तो अवस्थामा ब्रुमर खरिद गर्ने योजना प्रभावकारी नभएको सडक विज्ञको धारणा छ । 

“सडक प्रयोग कसका लागि हो भन्ने प्रश्नको उत्तर पहिलो प्राथमिकता हो । यदि सडकको अवस्था नै ठिक छैन भने त्यसलाई बढारेर मात्र केही हुँदैन,” सडक विज्ञ भुषण तुलाधरले भने, “हालैदेखि सञ्चालनमा आएको कोटेश्वर–कलंकी चक्रपथ हेर्दा चिल्लो छ तर पैदलयात्रुलाई बाटो काट्न समस्या छ । त्यसैले सडक ठूलो बनाउने, ब्रुमर चलाएर सफा गर्ने भन्दा पनि सडक प्रयोगकर्ताले सहज रुपमा सडक प्रयोग गर्न पाउनु पहिलो प्राथमिकतामा पर्नुपर्छ ।”

काठमाडौं महानगरपालिकाले गतवर्ष नै काठमाका सडक मात्रै होइन सडकपेटी पनि बढार्न सकिने आधुनिक प्रविधिको ब्रुमर खरिद गर्ने योजना अघि सारेको थियो । हाल सडक विभागसँग रहेका ब्रुमर पुरानो प्रविधिको रहेको र यसले सडकपेटी बढार्न नमिल्ने महानगरपालिकाको तर्क छ ।

इटलीबाट ल्याइने पाँचवटा ब्रुमर खरिद गर्नुअघि महानगरपालिकाको प्राविधिक टोली केही साताअघि इटाली गएको महानगरपालिका स्रोतले जानकारी दिएको छ । उक्त टोलीले काठमाडौं ल्याइने ब्रुमरको गुणस्तर, प्रविधि र खरिद गर्दा पाइने इन्जिनको ग्यारेन्टीबारे निरीक्षण र सहमति गरेकाले अब काठमाडौं ल्याउने तयारी भइरहेको प्रवक्ता कार्कीले बाह्रखरीसँग भने ।

इटालीबाट ल्याइने ती ब्रुमरमा प्रतिब्रुमर २ टनसम्म धुलो संकलन गर्नसक्ने क्षमता रहेको छ । अहिले विभागसँग भएको ब्रुमर विदेशी पाहुना काठमाडौं आउँदा मात्र प्रयोग गरिन्छ । महानगरपालिकाले ब्रुमर ल्याइसकेपछि नियमित रुपमा काठमाडौंका सम्पूर्ण कालोपत्रे सडकमा ब्रुमर चलाइने प्रवक्ता कार्कीले बताए ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०७५  १९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC