खेल
काठमाडौं । रग्वी विश्वकपको ट्रफी बिहीबार सगरमाथाको आधर शिविरमा पुर्याएको छ । बुधबार नेपाल ल्याइएको रग्वी विश्वकपको ट्रफी सोमबारसम्म नेपालका विभिन्न स्थानमा प्रदर्शन गरिनेछ ।
विश्व रग्वीको वार्षिक नियमित विशेष कार्यक्रमअन्तर्गत ट्रफीलाई नेपाल ल्याइएको नेपाल रग्वी संघले जनाएको छ । शुक्रबार विश्व सम्पदा सुचिमा रहेका स्वयम्भुनाथ, बैद्ध स्तुपा, पशुपतिनाथ र पाटन दरवार स्क्वारमा प्रदर्शन गरिनेछ । काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा शनिबार रग्वी विश्वकपको ट्रफी प्रदर्शन गरिने आयोजकले जनाएको छ । शनिबार टुँडिखेलमा रग्बी खेल महत्सब पनि हुनेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०७५ १९:०२
प्रतिक्रिया दिनुहोस्