site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
योनेक्स सनराइज नेपाल इन्टरनेशनल सिरिजः नेपालको निराशजनक प्रदर्शन
Ghorahi CementGhorahi Cement

काठमाडौं ।योनेक्स सनराइज नेपाल इन्टरनेशनल सिरिजमा बिहीबार नेपाली खेलाडीको प्रदर्शन विर्षनलायक रह्यो । पुरुष एकलमा  नेपालका नम्बर एक रत्नजित तामाङ पराजित हुँदा युगल विधामा पनि नेपाली खेलाडीको प्रदर्शन निराशजनक रह्यो ।

सशत्र प्रहरी बलको हल्चोकस्थित कभर्डहलमा भएको क्वार्टरफाइनलमा रत्नजितले भारतका कौशल धर्ममेरलाई २–१ को नतिजा सुम्पिए हुन् । पहिलो सेट २१–१४ ले गुमाएको रत्नजितले दोस्रो सेटमा पूनरागमन गरेका थिए । दोस्रो सेटमा रत्नजित २१–१४ ले विजयी भएका थिए । तर अन्तिम सेट ११ को स्कोर नघाउन नसकेपछि रत्नजित अन्तिम आठबाट बाहिरिए । 

Agni Group

पुरुष एकलका अन्य खेलमा थाइल्यान्डका कुनलाबुत बितिडसर्नले भियतनामका ली ढुइ फटलाई २–० ले हराउँदा मलेसियाका तेक झी शूले अस्ट्रेलियाका एन्थोनी जोएलाई २–१ को सेटमा पराजित गरे ।  भियतनाममा काओ कुओन फमले श्रीलंकाका दिनुक कारुणरत्नेलाई २–१ को सेटमा हराए ।

पुरुष युगलमा रत्नजित र दीपेश धामीको जोडी थाइल्यान्डको वारित सारापत र पनचाई ओरसकटायाननसँग २–१ को सेटमा पराजित भयो । पहिलो सेट २१–१९ ले गुमाएको रत्नजित र दीपेशले दोस्रो सेट २१–१६ ले जितेका थिए । अन्तिममा सेटमा २१–१४ ले पराजत भएपछि नेपाली जोडीको यात्रा क्वार्टरफाइनलमै टुंगिएको हो । 

Global Ime bank

महिला युगलमा पनि नेपालको प्रदर्शन राम्रो हुन सकेन । जेशिका गुरुङ र सुनयना मुखियाको जोडी माल्दिभ्सका अमिनाथ नाविहा अब्दुल रजाक र फथिमाथ नाबाहा अब्दुल रजाकको जोडीसँग २–० ले पराजित भयो । पहिलो सेट २१–१२ ले जितेको जेसिका र सुनयनाको जोडी दोस्रो सेटमा पनि २१–११ ले पराजित भयो । महिला युगलमै अमिता गिरी र रशिला महर्जनको जोडीले इरानकी सोाराया अघेइहाजिआघाल र म्यानमारकी थेट हटार थुजरको जाडीलाई ‘वाक ओभर’ दिए ।

मिक्स युगलमा दीपेश धामी र सोभा गौचनको जोडीले सिंगापूरका ड्यानी बावा क्रिसनान्ता र टान वेइ हानको जोडीसँग पराजित भए । दीपेश र शोभाको जोडी २१–११, २१–१० को सोझो सेटमा पराजित भएको हो । विजित थापामगर र पुजा श्रेष्ठको जोडी पनि थाइल्यान्डको पान्चाई वरासाकतायानान र पिचायानिन उङ्काको जोडीसँग २४–२२, २१–१४ को सेटमा पराजित भयो । विकाश श्रेष्ठ र सिता राइको जोडी भारतको राजु मोहमेद रेहान र एनीस कोसरको जोडीसँग २१–१६, २१–८ ले पराजित भयो । 
   

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०७५  १९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC