site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
क्वाड (चार लेन्स) क्यामेरा सेटअप सहितको स्याओमी रेडमी नोट सिक्स प्रो नेपाली बजारमा 
Sarbottam CementSarbottam Cement

काठमाडाैं । नेपाली बजारमा क्वाड क्यामेरासहितको रेडमी नोट सिक्स प्रो सार्वजनिक भएको छ ।  सर्वाधिक लोकप्रिय रेडमी नोट फाइव एआईलाई अपग्रेड गरी रेडमी नोट सिक्स प्रो नेपाली बजारमा आएको हो । 
यसमा १९ः९ नट्च सहितको डिस्प्ले, डुअल सेल्फी क्यामेरा र थप सुधारिएको रियर क्यामेरा सेटअप छ । 

ओभरसिज एक्सपान्सन, इन्डियन सवकन्टिनेन्ट, स्याओमीका प्रमुख संकेत अग्रवालले भने, “रेडमी नोटले उपभोक्ताहरुको विश्वास जित्न सफल भैसकेकोछ । रेडमी नोट फाइव एआई शक्तिशाली डुअल क्यामेरासहितको स्मार्ट फोन हो । जसले एमआई उपभोक्ताको विश्वास जितेको थियो र यसलाई उच्च प्रविधिसहित परिमार्जित गरी सिक्स प्रो ल्याएका हौं ।” 

Prabhu Bank
Agni Group
NIC Asia

रेडमी नोट सिक्स प्रो–क्वाड (चार लेन्स) क्यामेरा, नट्च डिजाइन रेडमी नोट सिक्स प्रो, क्वालकोम स्न्यापड्रागनले आधुनिक तवरबाट डिजाइन गरेको हो र जसमा ६३६ अक्टाकोर प्रोसेसर, एआई पावर्ड क्वाड क्यामेरा सेटअपसहित दुईदिनसम्म चल्ने ४ हजार एमएएच ब्याट्री प्रयोग गरिएको छ । 

यसमा उच्च गतिमा चल्ने एलपिडीडीआरफोरएक्स ¥याम प्रयोग भएको यो फोन अत्यन्त शक्तिशाली भएको कम्पनीले जनाएको छ । अकल्पनीय सेल्फीको अनुभव दिने रेडमी नोट सिक्स प्रोको अगाडि २० मेगापिक्सेल +२ मेगापिक्सेल एआई क्यामेरा जडित छ । 

Global Ime bank

रेडमी नोट सिक्स प्रोमा १९ः९ एसपेक्ट रेसियो र नट्चसहितको ६.२६ इन्च एफएचडी +आईपीएस डिस्प्ले रहेकोछ भने यसलाई कर्निङ्ग गोरिल्ला ग्लासले सुरक्षा दिएको कम्पनीले जनाएको छ । 

५०० निट ब्राइटनेसले चर्काे घाममा पनि सजिलै स्क्रिन हेरि आफ्नो फोन चलाउन सकिन्छ । रेडमी नोट सिक्स प्रोको उत्कृष्ट डिजाइनले यसलाई आकर्षक बनाउनुका साथै यसको हाडब्रिड डुअल सिमस्लटबाट मेमोरी बढाउने सुविधा समेत रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

रेडमी नोट सिक्स प्रोको हरेक उपभोक्ताले सफ्ट फोन कभर पाउन सक्नेछन् भने रेडमी नोट सिक्स प्रो ३ जीबी +३२ जीबी र ४ जीबी + ६४जीबीमा उपलब्ध छ भने यसको मुल्य रु. २४ हजार ९९९ र रु. २८ हजार ९९९ रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०७५  १८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC