भारतलाई पुजराले जोगाए

भारतलाई पुजराले जोगाए

एजेन्सी ।अग्रपंक्तिका ब्याट्सम्यान सस्तैमा आउट भए पनि चेतेश्वर पुजराले शतक बनाएपछि भारत बिहीबार अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा पहिलो दिन अलआउट हुनबाट जोगिएको छ ।

एडलेइड ओभलमा टस जितेर ब्याटिङ रोजेको भारत एक समय ४१–४ को अवस्थामा थियो । तर मध्यक्रमका पुजराले सम्हालिएर ब्याटिङ गर्दैं भ्रमणकारी भारतको इनिङ उकास्ने प्रयास गरे । पुजराले रोहित शर्मासँग पाँचौं विकेटका लागि ४५ तथा  रिसब पन्तसँग छैटौं विकेटका लागि ४१ रनको साझेदारी गरे । ७ चौका र २ छक्कासहित १ सय २३ रन जोड्दा रनआउट भएका पुजराले रविचन्द्र आश्विनसँग सातौं विकेटका लागि ६२ रनको साझेदारी गरेका थिए । 

एक इन्डमा पुजराले धैर्यता देखाए पनि अर्को इन्डमा केही सम्हालिन नसक्दा पहिलो दिन सकिँदा भारतले २ सय ५० रन बनाउँदा ९ विकेट गुमाइसकेको छ । भारतका पुजराले १ सय २३ रन जोड्नुबाहेक रोहित शर्माले ३७ तथा रिसब पन्त र आश्विनले समान २५ रनको स्कोर गरे । कप्तान विराट कोहली ३ रनमा पवेलियन फर्किदा ओपनर केएल राहुल २ तथा मुरली विजय ११ रन बनाएर आउट भए ।  

अस्ट्रेलियाका मिचेल स्टार्क, जोश हाजलेउड, पेट कुमिन्स र नाथन लियोनले समान २ विकेट लिए । 
 

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

भारतले साँच्चै रोक्न सक्छ त पाकिस्तान जाने पानी ?  चीनले उतै नदी रोकिदियो भने के हुन्छ ?

नयाँ दिल्ली । भारतले पाकिस्तान जाने तीन वटा नदीको पानी रोक्ने निर्णय गरेको कुराले बिहीबार सनसनी फैलियो ।  त्यसलाई काश्मीरमा

भारतले पाकिस्तान जाने तीनवटा नदीको पानी रोक्ने

नयाँ दिल्ली ।  भारतले पाकिस्तान जाने तीनवटा नदीको पानी रोक्ने भएको छ । भारतका संघीय जलस्रोत मन्त्री नीतिन गडकरीले बिहीबार

नेपाली चेलीको तस्करी मणिपुर–म्यानमार हुँदै इराकसम्म, ६ नेपाली तस्कर भारतमा पक्राउ

काठमाडौं । मानव तस्करहरुले नेपाली चेली तस्करी गर्ने नयाँ नाकाको रुपमा भारतको मणिपुर र म्यानमार (बर्मा)लाई प्रयोग गर्ने गरेको पाइएको

साउदी अरेबियाले ८ सय ५० जना भारतीय कैदीलाई रिहा गर्ने

नयाँ दिल्ली । साउदी अरेबियाले आफ्नो देशको जेलमा रहेका ८ सय ५० जना भारतीय नागरिकलाई रिहा गर्ने भएको छ ।