site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एभरेष्ट प्रिमियर लिग : उपाधि रक्षाको लक्ष्यमा पारस
Ghorahi CementGhorahi Cement

काठमाडौं । सविक बिजेता विराटनगर वारियर्सका कप्तान पारस खड्काले एभरेष्ट प्रिमियर लिगको उपाधि रक्षा गर्ने बताउँदा अन्य टोलीको नेतृत्वले विगतमा भन्दा राम्रो प्रदर्शन गर्दै उपाधिमा कडा दाबेदारी प्रस्तुत हुने चेतावनी दिएका छन् ।

गतवर्ष फाइनलमा भैरहवा वारियर्समाथि एक रनको रोमाञ्चक जित निकाल्दै उपाधि जितेको विराटनगर प्रतियोगितामा अपराजित थियो । राष्ट्रिय टोलीका कप्तान समेत रहेका पारसले यसपाली पनि उपाधि रक्षा गर्ने लक्ष्यमा रहेको बताए । 

“पक्कै पनि गतवर्षको बिजेता भएका कारण हामीमाथि दबाब छ । गतवर्ष हामीले असाधारण क्रिकेट खेलेका थियौं,” बिहीबार मुलपानी मैदानमा अभ्यास सकेपछि बाह्रखरीसँग कप्तान पारसले थपे, “यसपटक पनि हाम्रो टिम राम्रो बनेको छ । तयारी पनि राम्रो भएको छ । तर, अन्य टोलीहरुले पनि राम्रो गरेका छन् । त्यसैले अब मैदानमा कस्तो प्रदर्शन गर्छौं, नतिजा त्यसमा भर पर्छ । शुरुको एक हप्ता गर्ने प्रदर्शनबाट हामी कति अगाडि बढ्छौं भनेर थाहा हुन्छ ।” 

Agni Group

नेपालको घरेलु लिगमा विदेशी खेलाडीको प्रदर्शन मुख्य रहेको भन्दै विराटनगरका कप्तान पारसले थपे, “यसपटक अरुले पनि राम्रो टिम बनाएका छन् । विदेशी खेलाडीहरु ल्याएका छन् । लिगमा विदेशी खेलाडीको प्रदर्शन ‘एक्स फ्याक्टर’ बनेको छ । तर एक खेलाडी र कप्तानका रुपमा हामी राम्रो गर्न सक्छौं भन्नेमा विश्वस्त छौं । पहिला शीर्ष २ मा परेर फाइनलमा स्थान बनाउने हो । त्यसपछि उपाधिका लागि खेल्ने हो ।”

गतवर्ष हङकङका बाबर हायात र अंशुमन रथको प्रदर्शनमा अगाडि बढेको विराटनगर वारियर्सले यसपटक बाबर हायतलाई निरन्तरता दिएको छ भने नेदरल्यान्ड्सका पाउल भान मेकेरेन र रोल्फ भान डर मर्वे, तथा भारतका समित पटेललाई टोलीमा समावेश गरेको छ ।

Global Ime bank

विभिन्न व्यावसायिक प्रतिष्ठानसमेतको स्वामित्वमा रहेका ६ वटा फ्रेन्चाइज टोली सहभागी हुने प्रतियोगिताको ट्रफी बिहीबार सार्वजनिक गरिएको थियो । यस संस्करणको ट्रफि गतवर्षको भन्दा ठूलो छ । कप्तान खड्काले ठट्टा गर्दै भने, “यस पटकको ट्रफि ठूलो छ, पुरस्कार रकम पनि ठूलै होला । त्यसैले गतवर्षको विजेता भएका कारण यसपटक पनि उपाधि रक्षाका लागि खेल्छौं ।”

शनिबारबाट कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा हुने प्रतियोगितामा टेस्ट खेल्ने आयरल्यान्ड, इङ्गल्यान्ड, भारत, र दक्षिण अफ्रिकादेखि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेदरल्यान्ड्स र स्कटल्यान्डका साथै हङकङ र यूएईका खेलाडीले आफ्नो प्रतिभा देखाउनेछन् । नेपाली क्रिकेटमै पहिलो पटक इपीएलको यस संस्करणमा विदेशी चियरलिडर्सले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । योवर्ष सबै चियरलिडर्स बेलायतबाट ल्याइएको इपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले बताएका छन् । 

कसले के भने ?
सोमपाल कामी, कप्तान काठमाडौं किंग्स

\"\"

गतवर्ष हाम्रो प्रदर्शन राम्रो हुन सकेन । तर त्यो विगत भैसक्यो । अब हामी भविष्य हेर्ने हो । त्यसैले हामी यो वर्ष राम्रो प्रदर्शन गर्नेछौं । टिम राम्रो बनेको छ । केभिन ओ‘ब्रायन टोलीमा छन् । उनी नेपाली खेलाडीसँग घुलमिल भइसकेका छन् । आशा गरौं, हामी राम्रो गर्नेछौं ।

ज्ञानेन्द्र मल्ल, कप्तान ललितपुर प्याट्रियाट्स
\"\"

गतवर्ष फाइनल नजिक पुगेर पनि हार्‍यौं । जुन हाम्रो दूर्भाग्य रह्यो । यसपाली गतवर्षभन्दा राम्रो खेल्नेछौं । टिम पनि राम्र्रो बनेको छ । हाम्रो टिममा ठूलो नाम भएको विदेशी खेलाडी छैनन् । तर मलाई लाग्छ नामभन्दा मैदानमा कसले राम्रो गर्छ भन्ने महत्वपूर्ण हुन्छ । हामीले हाम्रो आवश्यकताअनुसारको खेलाडी अनुबन्ध गरेका हौं । त्यसैले विश्वास गरौं राम्रो खेल्नेछौं । अन्य टोलीमा राम्रा विदेशी खेलाडी आएका छन् । उनीहरुबाट हामीले सिक्न पाउँछौं । उनीहरुको उपस्थितिले प्रतियोगिता अझ प्रतिस्पर्धात्मक हुनेछ ।

पारस खड्का, कप्तान विराटनगर वारियर्स
\"\"

गतवर्षको बिजेता भएकाले हामीमाथि दबाब छ । यसपटक पनि हाम्रो टिम राम्रो बनेको छ । तयारी पनि राम्रो छ । तर, अन्य टोलीहरुले पनि राम्रो गरेका छन् । अब मैदानमा कस्तो प्रदर्शन गछौं त्यसमा भर पर्छ । शुरुको एक हप्ता गर्ने प्रदर्शनबाट हामी कति अगाडि बढ्छौं भनेर थाहा हुन्छ । यसपटक अरुले पनि राम्रो टिम बनाएका छन् । विदेशी खेलाडीहरु ल्याएका छन् । लिगमा विदेशी खेलाडीको प्रदर्शन ‘एक्स फ्याक्टर’ बनेको छ । तर एउटा खेलाडी र कप्तानमा रुपमा हामी राम्रो गर्न सक्छौं भन्नेमा विश्वस्त छु । पहिला शीर्ष दुईमा परेर फाइनलमा स्थान बनाउने हो । त्यसपछि उपाधिका लागि खेल्ने हो ।

शरद भेषावकर, कप्तान भैरहवा ग्लाडिएटर्स 
\"\"

गतवर्ष उपाधि नजिक पुगेर पनि अन्तिममा सम्हालिन नसक्दा उपविजेतामा  सीमित भयौं । गतवर्षभन्दा यसपटक हाम्रो टिम राम्रो बनेको छ । त्यसैले गत वर्षभन्दा राम्रो खेलेर उपाधि जित्ने प्रयास गर्नेछौं । ज्ञानेन्द्रले भने जस्तै नामले मात्र हुँदैन । मैदानमा कसले राम्रो खेल्छ भन्ने हो । आशा गरौं यसपटक उपाधि जित्छौं ।

काइल कोइट्जर, कप्तान पोखरा राइनोज
\"\"

मेरो लागि नयाँ चुनौती हो । नेपाली क्रिकेटरसँग खेलिसकेको छु । तर यहाँको वातावरण मेरो लागि नयाँ हो । यहाँ क्रिकेटको माहोल राम्रो छ । नयाँ वातावरण मेरा लागि चुनौती हो । युवा र अनुभवी खेलाडीको समिश्रणले टोली राम्रो बनेको छ । राम्रो क्रिकेट खेलेर राम्रो नतिजा निकाल्ने प्रयास गर्नेछौं । 

पृथु बास्कोटा, कप्तान चितवन टाइगर्स
\"\"

गतवर्ष विविध कारणवस चितवनको प्रदर्शन राम्रो हुन सकेन । तर यस पटक हामी राम्रो गर्ने प्रयास गर्नेछौं । मेरा लागि फ्रेन्चाइज लिगमा कप्तानीको नयाँ अनुभव हो । विदेशी र युवा खेलाडीको समिश्रणले टोली राम्रो बनेको छ । जसले राम्रो प्रदर्शन गर्छ उसैले जित्ने हो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०७५  १८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC