site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बञ्चरेडाँडामा ल्याण्डफिल साइट बनाउन सहरी विकास मन्त्रालयलार्इ दिने सरकारको निर्णय
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले नुवाकोट ओखरपौवास्थित बञ्चरे डाँडालाई स्थायी ल्याण्डफिल बनाउन सहरी विकास मन्त्रालयलाई दिने निर्णय गरेको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ महानगरपालिकासहित उपत्यकाको फोहोर दीर्घकालीन व्यवस्थापन गर्न बञ्चरे डाँडालाई ल्याण्डफिल साइट बनाउन र निर्माण गर्नुपर्ने करिब १५ मिटर अग्लो ड्याम र अन्य पूर्वाधार बनाउन सहरी विकास मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै प्रधानमन्त्रीले युनिभर्सल पीस फेडेरेसनबाट सम्मानसहित पाएको एक करोड रकममा त्यति नै थपेर शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासका क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने प्रतिभाशाली युवा तथा अन्य व्यक्तिलाई प्रोत्साहन तथा हौसला प्रदान गर्ने उद्देश्यले ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ कोष स्थापना गर्ने निर्णय गरेको बास्कोटाको भनाइ छ ।

मन्त्रिपरिषद् बैठकले नेपाल दुरसञ्चार कम्पनी लिमिडेटको प्रवन्ध निर्देशक पदमा नियुक्ति सिफारिस गर्न तीन सदस्य छनौट समिति गठन गर्ने निर्णय गरेको छ ।   त्यस्तै स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा मोरङका रमेशकुमार पोखरेलाई नियुक्त गरेको छ । 

Global Ime bank

नेपाल–भारत एकीकृत भन्सार जाँच चौकी, वीरगञ्जको जग्गा मुआब्जा विवाद समाधान गर्नका लागि भन्सार स्थापना गर्दा विस्थापित भएर घरवारविहिन हुन पुगेका परिवारलाई प्रति परिवार एक लाख ५० हजार रूपैयाँ र यसअघि मुआब्जा पाएर पनि बसोबासको व्यवस्था गर्न नसकेका परिवारलाई प्रति परिवार एक लाख रूपैयाँ प्रदान गर्ने निर्णय पनि सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०७५  १७:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC