site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बुद्धले एक महिनामा तिर्‍यो क्याप्टेन, इन्जिनियर र कर्मचारीको कर २ करोड
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले गत अक्टोबर महिनामा पाइलट (क्याप्टेन) र इन्जिनियरको व्यक्तिगत कर तथा अन्य कर्मचारीको ‘टीडीएस’ बापत पौने २ करोड रुपैयाँ सकारलाई तिरेको छ । 
त्यसबाहेक बुद्धले अक्टोबरमा भन्सार शुल्कबापत १ करोड २४ लाख ७४ हजार ८ सय ६६ रुपैयाँ तिरेको जानकारी दिएको छ । नेपालमा यसरी महिनैपिच्छे कर तिरेको सार्वजनिक गर्ने कर्पोरेट संस्था कमैमात्र छन् । बुद्धले लामो समयदेखि कर तिरेको सार्वजनिक जानकारी दिँदै आएको छ ।
बुद्धका अनुसार गत अक्टोबरमा ३६ जना क्याप्टेनको व्यक्तिगत करवापत ९३ लाख २९ हजार ९ सय ११, २६ जना इन्जिनियरको २८ लाख ८३ हजार ८ सय ४ र अन्य कर्मचारीको टीडीएसवापत ५० लाख ८४ हजार २ सय १९ गरी कूल १ करोड ७२ लाख ९७ हजार ९ सय ३४ रुपैयाँ तिरिएको छ । 
“राज्यलाई कर तिर्ने दायित्व सतप्रतिशत पूरा गर्न हामी सधैं प्रतिबद्ध छौं,” बुद्धले सामाजिक सञ्जाल ‘ट्विटर’ मा उल्लेख गरेको छ, “कर संकलन राज्यको आम्दानीको स्रोत भएकाले हामी यसमा पछाडि हट्ने छैनौं ।”
बुद्धसँग हाल फ्रान्सको एटिआर कम्पनीमा निर्मित ७२ सिट क्षमताका ६ थान ‘एटिआर७२–५००’, ४७ सिट क्षमतायुक्त तीनवटा ‘एटिआर४२–३२०’ तथा १८ सिट क्षमताका दुईवटा ‘बिचक्राफ्ट–१९००डी’ सिरिजका जहाज छन् । 
हाल बुद्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, भद्रपुर, पोखरा, धनगढी र तुम्लिङटार गन्तव्यका लागि दैनिक करिब तीन दर्जन उडान गरिरहेको छ । त्यसैगरी काठमाडौंबाट ‘माउन्टेन फ्लाइट’ र पोखरा विमानस्थलबाट ‘अन्नपूर्ण माउन्टेन फ्लाइट’ पनि गरिरहेको छ । त्यस्तै विराटनगरबाट तुम्लिङटार, पोखराबाट भरतपुर र भैरहवा उडान पनि गरिरहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०७५  १७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC