देश
काठमाडौं । नेपालमा पहिलो पटक वंशाणुगत रोगसम्बन्धी सम्मेलन हुने भएको छ । उक्त सम्मेलन अफ लाइफ साइन्सेज नेपाल र डिकोड जिनोमिक्स् एण्ड रिसर्च सेन्टरको आयोजनामा मंसिरको २१ र २२ गते राजधानीको प्रज्ञा भवनमा हुने भएको हो ।
वंशाणुगत रोगबाट कस्ता कस्ता समस्या आउँछन् र नेपालमा यस रोगका लागि कस्ता कस्ता अनुसन्धान भएको छ, त्यसको बारेमा सम्मेलनले जानकारी दिने आयोजक समितिका उपाध्यक्ष डा. विष्णु मरासिनीले बताए ।
आयोजक समितिका सचिव उद्धव खड्काले नेपालमा पछिल्लो समय वंशाणुगत रोग वढि देखिन थालेको बताए । उनले भने, “वंशाणुगत रोगहरु कसरी थाहा पाउने भन्ने विषयमा विभिन्न स्वास्थ्य विज्ञहरुले जनकारी दिनेछन् ।”
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०७५ १६:१३
प्रतिक्रिया दिनुहोस्