site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ट्रफीमा आर्मीको दाबेदारी कायमै छ : प्रशिक्षक न्यौपाने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुुटबलमा बलियो टिमका रुपमा हेरिएको विभागीय टिम नेपाल आर्मी क्लबले बिहीबार फ्रेन्ड्सविरुद्धको खेलमा अंक बाँडेपनि ट्रफी दाबेदारीको सम्भावना कायमै रहेको प्रशिक्षक नविन न्यौपानेले बताएका छन् । सातदोबाटोस्थित अखिल नेपाल फुुटबल संघ (एन्फा) मैदानमा भएको खेलमा आर्मी र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेका थिए ।
“आजको खेलमा बराबरी खेलेपनि बाँकी रहेका बलियो टिमसँगको खेलमा उनीहरुमाथि जित हात पार्न सके ट्रफी दाबेदारीको सम्भावना कायमै छ,” प्रशिक्षक न्यौपानेले भने । फरवार्डले गोल निकाल्न नसक्दा अंक बाँड्नुपरेको उनले बताए । “कप्तान भरत खवास र नवयुुग श्रेष्ठ नहुँदा समस्या देखियो । टिममा भएका फरवार्डहरुले गोल गर्न नसक्दा टिमले अंक बाँड्नुुपर्यो,” उनले भने ।
लिगका दुुई खेलमात्रै खेलेका नवयुुग अझै चोटमुक्त भइनसकेको प्रशिक्षक न्यौपानेले बताए । चोटका कारण खेलबाहिर रहेका नवयुुग फ्रेन्ड्सविरुद्धको खेलमा खेलको ८५ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।
विभागीय टिम नेपाल आर्मी क्लबसँग अंक खोसेको फ्रेन्ड्स क्लबका प्रशिक्षक रमेश महर्जनले जितका लागि मैदान प्रवेश गरेपनि अंक खोस्न सफल भएकोमा खुसी व्यक्त गरे । “आर्मी जस्तो बलियो टिमसँग एक अंक खोस्न सक्नुपनि खुसीको कुरा हो । आजको खेलमा भाग्यले पनि साथ दियो,” उनले भने । 
आर्मीसँग बराबरी खेलेको फ्रेन्ड्स क्लब ५ अंक सहित १० औं स्थानमा रहेको छ भने चार खेलमा जित निकालेर दुुई खेलमा बराबरी खेलेको आर्मी लिग अंक तालिकामा १४ अंक सहित चौथो स्थानमा यथावत् रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०७५  १६:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC