site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्सेमा पुनः सुधार, परिसूचक ११ सय २० को बिन्दुमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सेयर बजारमा पुनः चमक देखिएको छ । बिहीबार करिब २३ अंकको गिरावटयता नेप्से परिसूचकमा बिहीबार २ दशमलव ७ अंकको सुधार देखिएको हो ।
साताको अन्तिम दिन बढेर बन्द हुनुअघि सेयर बजार १ हजार १ सय २० दशमलव ८४ अंकमा रोकियो । कारोबार सुरु भएको केही समय घटेको सेयर बजारले करिब ४५ मिनेट तीव्र सुधार गर्दै बढेको हो ।
दिनको अघिकांश समय नेप्से परिसूचकमा उल्लेख्य परिवर्तन देखिएको थिएन । नेप्से बढ्दा बिहीबार सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ५४ अंकले बढेर २ सय ३८ दशमलव ३३ अंकमा रोकियो ।
यसदिन बजारमा १ सय ६२ कम्पनीका १३ लाख ६४ हजार कित्ता सेयर किनबेच भए । दिनभरिको कारोबार रकम ३७ कराड ९ लाख रुपैयाँ रहेको छ ।
नेप्से बढ्दा यसदिन समूहगत उपसूचकमा जीवन बीमा समूह सबैभन्दा बढी ४४ दशमलव शून्य  अंकले बढ्दा जीवन बीमा समूहमा ३५ दशमलव ५९ अंकको सुधार देखियो । बिहीबार सबैभन्दा बढी कारोबार एनएमबी बैंकको करिब साढे ४ करोड रुपैयाँको भएको थियो भने आईएमई जेनेरल लाइफको सेयर मूल्य सर्वाधिक प्रतिशतले बढ्यो कम्पनीको सेयरधनीले एकैदिन ७ दशमलव ३ प्रतिशत कमाउँदा कालिका लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी ७ दशमलव ४ प्रतिशत कमाए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०७५  १५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC