site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विद्यालय तहको पाठ्यक्रममा चिनियाँ भाषा समावेश गरिने
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सरकारले विद्यालय तहको शिक्षामा चिनियाँ भाषा समावेश गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यालय तहको शिक्षामा चिनियाँ भाषा पनि पठनपाठन गराउने निर्णय गरिएको जानकारी दिएका छन् । 
चीनमा अध्ययन गरेका नेपाली विद्यार्थीहरुले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले नेपालको समृद्धिमा चिनियाँ सहयोग वृद्धि गर्न त्यहाँ अध्ययन गर्न गएका नेपाली विद्यार्थीहरु सक्षम हुने विश्वास पनि व्यक्त गरे । मन्त्री पोखरेलले नेपालको समृद्धिमा चीनको सहयोग अझै वृद्धि भएर जाने अपेक्षा पनि गरे । 
उनले चीनमा उच्च शिक्षा हासिल गरेका नेपाली विद्यार्थीहरुलाई आफूले लिएका ज्ञानको सदुपयोग गरेर मुलुकको समृद्धिको अभियानमा योगदान दिन पनि आह्वान गरे । 
मन्त्री पोखरेलले राष्ट्रको आवश्यक्तालाई धान्ने गरी शैक्षिक जनशक्ति निर्माण गर्ने कार्यमा सरकार केन्द्रित रहेको दावी गरे । त्यस अवसरमा उनले चीनलाई दुःखको बेला साथ दिने मित्र राष्ट्रको रुपमा पनि चित्रण गरे । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०७५  १२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC