site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नयाँ दिल्लीको आश्रयगृहबाटै ८ नेपाली महिला हराए, खोजी जारी
Ghorahi CementGhorahi Cement

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीस्थित एउटा रेड लाइट क्षेत्रबाट उद्धार गरेर त्यहाँको सरकारी आश्रयगृहमा राखिएका ८ जना नेपाली महिला हराएका छन् ।  दिल्लीको दिलशाद गार्डनस्थित संस्कार आश्रयगृहमा राखिएका उनीहरू त्यहीँबाट हराएको बताइएको बीबीसीले जनाएको छ ।

ती महिलाहरूलाई दिल्लीको जीबी रोड क्षेत्रबाट उद्धार गरेर उक्त सरकारी आश्रयगृहमा राखिएको थियो । गत शनिबार र आइतबार राति ती ८ नेपाली र एक भारतीय सहित ९ जना महिला आश्रयगृहबाट एकाएक हराएका थिए ।

Agni Group

उनीहरू आफैँ त्यहाबाट निस्केर गएका हुन् वा कसैले लिएर गएको भन्ने नखुलेको बताइएको छ । सरकारी आश्रयगृहबाटै महिलाहरू हराएको विषयमा दिल्लीस्थित महिला आयोग र नेपाली दूतावास नयाँ दिल्लीले चासो राखेको जनाइएको छ ।

आम आद्मी पार्टीको सरकार रहेको दिल्लीमा विपक्षी भारतीय जनता पार्टीले भने दिल्ली सरकारको विरोध गर्दै आश्रयगृह अगाडि प्रदर्शन समेत गरेको थियो । प्रहरीले घटनाको छानबिन गरिरहेको बताइएको छ । हराउनेको नाम र उनीहरुको नेपालको ठेगाना भने खोलिएको छैन ।

Global Ime bank

तस्बिरः महिला हराएको आश्रम–बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०७५  ०८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC