site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रदेश नं ३ : पाँच शहरमा पेट्रोलियम पदार्थका सवारी विस्थापित गरिने 
Ghorahi CementGhorahi Cement

हेटौँडा (रासस) । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले साझा यातायातसँग सहकार्य गरेर विद्युतीय बस सञ्चालन गर्ने बताएका छन् ।

काठमाडौं महानगरपालिका र साझा यातायात सहकारी संस्था लिमिटेडका प्रतिनिधिमण्डलसँग बुधबार भएको छलफलमा उनले प्रदेश सरकारले साझा यातायातकै ३० करोड शेयर खरिद गरेर विद्युतीय बस सञ्चालन गर्ने बताए ।

Agni Group

सरकारले विसं २०८५ भित्र प्रदेशका पाँच वटा सहरमा पेट्रोलियम पदार्थबाट सञ्चालित सवारीसाधन विस्थापित गर्ने नीति लिएको छ । यही नीति कार्यान्वयन गर्न मुख्यमन्त्री पौडेलले चालू आवमा साझाबाटै शेयर खरिद गर्ने प्रतिवद्धता जनाएका हुन् ।
“हामीले विद्युतीय बस सञ्चालन गर्ने नीति अघि सारेर केन्द्र सरकारलाई झक्झक्याएका छौं,” उनले भने, “संघीय राजधानी काठमाडौंसँग प्रदेश सरकारको उपस्थिति देखाउन विद्युतीय सवारी सेवा सञ्चालनमा साझासँग सहकार्य गर्न तयार छौं ।”
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले विद्युतीय सवारी विस्तार गर्न महानगरले चालू आवमा रु १० करोड बजेट विनियोजन गरेको जानकारी दिए ।

उनले महानगरमा टेम्पो विस्थापित गर्ने नीति लिएको समेत बताए । प्रदेश ३ सरकारका प्रमुख सचिव आनन्द ढकालले साझा यातायातसँग ‘गुडविल’ र पर्याप्त अनुभव भएकाले साझासँगै सहकार्य गर्न आतुर रहेको धारणा राखे ।
साझा यातायात सहकारी संस्था लिमिटेडका अध्यक्ष कनकमणि दीक्षितले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गर्न चाहेको बताए । साझाले ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई निःशुल्क र विद्यार्थीलाई रु १० मा साझाले यात्रु सेवा उपलब्ध गराएको र साझासँग हाल ५१ वटा बस रहेको उनले जानकारी दिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०७५  ०७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC