निर्मला हत्याको आशंकामा काठमाडौंबाट छिमेकी पक्राउ 

कञ्चनपुरमा दैनिक ५–७ जनासँग सोधपुछ

निर्मला हत्याको आशंकामा काठमाडौंबाट छिमेकी पक्राउ 

काठमाडौं । कञ्चनपुरको भीमदत्तनगर–२ कि १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार–हत्यामा संग्लनताको आरोपमा काठमाडौंमा उनकै एक छिमेकी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंबाटै कञ्चनपुरका २२ वर्षीय प्रदीप रावललाई पक्राउ गरेको स्रोतले जनाएको छ ।

तर प्रहरीले यसबारेमा भने केही बताउन चाहेको छैन । प्रहरी प्रधान कार्यालयले भने आफूहरुले कसैलाई पनि पक्राउ नगरेको जनाउँदै आएको छ । बाह्रखरीलाई प्राप्त सूचनाअनुसार गत साउन ११ गते उखुबारीमा निर्मला मृत अवस्थामा फेला परेको दिनदेखि ती युवक कञ्चनपुरमा नदेखिएको स्रोत बताउँछ ।

प्रदीप रावलका परिवारका सदस्यले ती युवा भारत गएको बताउँदै आएका थिए । तर उनी मंगलबार साँझ काठमाडौंबाट पक्राउ परेको स्रोत बताउँछ । स्रोतका अनुसार पक्राउ परेका युवकको डीएनए परीक्षणका लागि नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालामा पठाइएको छ । उनको दुई दिनमा डीएनए रिपोर्ट आउने र रिपोर्ट नआएसम्म ती युवकलाई प्रहरी हिरासतमै राखिने बताइएको छ । पक्राउ परेका युवकको भूमिका शंकास्पद देखिएको र छिमेकीले पनि उनीमाथि आशंका गरेपछि प्रहरीले उनको पिछा गरेको बुझिएको छ ।

कञ्चनपुर प्रहरीका एसपी कुवेरसिंह कडायतले भने यसबारे आफूलाई कुनै जानकारी नरहेको बताए । ‘‘काठमाडौंको कुरा मलाई जानकारी छैन । हामी घटनाको अनुसन्धानमा भने जुटिरहेका छौं,” एसपी कडायतले भने, “हामीले दैनिक रुपमा शंकास्पद व्याक्तिसँग सोधपुछ गरिरहेका छौं । हालसम्म ९ जनाको डीएनए परीक्षण पनि गरेका छौं । अरु केही पनि अनुसन्धानको घेरामा छन् ।”

कञ्चनपुर प्रहरीका डीएसपी कृष्णराज ओझाले बिहीबार बिहान बाह्रखरीसँग कुरा गर्दै दैनिक ५–७ जनालाई बोलाउँदै सोधपुछ गर्ने गरिएको भए पनि कसैलाई नियन्त्रणमा भने नराखिएको बताए ।

“हामी अनुसन्धानकै क्रममा छौं,” उनले भने, “दैनिक ५–७ जनासँग सोधपुछ भइरहेको छ । तर नियन्त्रणमा लिएका छैनौं ।”

पछिल्लो प्रहरी अनुसन्धानमा स्थानीय र आफन्तकै सहयोग कम भएको अनुसन्धानमा संग्लन अधिकारीको गुनासो छ । कञ्चनपुर प्रहरीले यसअघि गत भदौ ४ गते निर्मलाको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा भीमदत्तनगर–१९ बाँगफाँटाका ४१ वर्षीय दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । दिलिपको डीएनए निर्मलाको ‘भेजिनल स्वावसँग’ मेल नखाएपछि उनी थुनामुक्त भएका थिए । पुष्टि नभएकाले प्रहरीले मंगलबार पक्राउ परेका युवकको बारेमा बताउन नखोजेको स्रोतले बतायो । 

निर्मला हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय चक्र बडुलाई पनि पक्राउ गरेको थियो । गत साउन १० गते साथी रोशनी वमको घरमा गएकी निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । 
 

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

निर्मला हत्याकाण्डको अनुसन्धानमा संलग्न ३४ प्रहरी कारवाहीमा ! प्रमाणको खोजी जारी

काठमाडौं । निर्मला पन्त हत्याकाण्डको अनुसन्धानमा संलग्न ३४ जना प्रहरीमाथि कारवाही हुने भएको छ । एआईजी धिरु बस्न्यात नेतृत्वको छानविन

निर्मलाको जन्मदिनमा सडकमै होम, न्यायका लागि दबाब (भिडियोसहित)

कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगर–२ की १३ वर्षीया किशोरी निर्मला पन्तको आज (बुधबार) जन्मदिनको अवसरमा सडकमै होम गरिएको

निर्मला हत्याकाण्डमा प्रहरीको अनुसन्धानप्रति किन गुम्यो नागरिकको विश्वास ? कमजोरी के ?

काठमाडौं । “निर्मला हत्याकाण्डको प्रमाण मेट्ने प्रहरीलाई बर्खास्ती गरेर मात्रै उन्मुक्ति मिल्छ ?,” संसदीय समितिमा सांसद चक्र स्नेहीले प्रहरी प्रमुख

निर्मला हत्याकाण्डको अनुसन्धान गर्न राष्ट्रसंघसँग आग्रह गर्न हस्ताक्षर संकलन

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्त हत्या अनुसन्धानका लागि युवा विद्यार्थीहरुले संयुक्त राष्ट्रसंघसँग