site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
इन्टरनेट पहुँच बढाउन भातरले लन्च गर्यो सबैभन्दा भारी स्याटलाइट  
Ghorahi CementGhorahi Cement

बीबीसी । इन्टरनेट सुविधामा ठूलो सुधार ल्याउन भारतले देशको सबैभन्दा भारी स्याटलाइट पृथ्वी बाहिर पठाएको छ । ५,८५४ केजी तौल भएको जीएकएटी–११ भारतको सबैभन्दा आधुनिक मल्टिब्यान्ड संचार स्याटलाइट हो । भारतको अन्तरिक्ष अनुसन्धान संघले सो स्याटलाइट बुधबार बिहान फ्रान्सको कोरोउ स्पेसपोर्टबाट लन्च गरेको छ । अब यसलाई महिनाको अन्त्यसम्म भूगर्भीय सतहमा राखिने र त्यसपछि यसमा रेडियो सिग्नल बदल्ने उपकरण सुचारु गरिने बताइएको छ ।  

संचारकर्मीहरुसँग बोल्दै संघका प्रमुख के सिभानले उक्त स्याटलाइटले देशभर इन्टरनेट सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन् । वैज्ञानिकहरुका अनुसार भारतका पहाडी भेगदेखि विकट टापुसम्मका अति ग्रामीण क्षेत्रमा पनि यसले इन्टरनेट पुर्याउन मद्दत गर्नेछ जहाँ पहिलाको ब्रोडब्यान्ड सेवा उपलब्ध थिएन । यसका साथै आपत्कालीन अवस्था र प्राकृतिक प्रकोपका समयमा समेत प्रभावकारी साबित हुने विश्वास गरिएको छ । त्यसैगरी यो स्याटलाइटले भारतभर हवाइ यात्रा गर्दा पनि इन्टरनेट कनेक्सन प्रदान गर्न सक्नेछ ।

Agni Group

सो स्याटलाईटलाई बोक्नका लागि भने भारतले फ्रान्सबाट विशेष रकेट मंगाएको थियो किनकी उनीहरुसँग त्यति भारी उपकरण बोक्ने कुनै यन्त्र थिएन । सो स्याटलाइले अब १५ वर्षसम्म काम गर्ने अपेक्षा गरिएको छ । 

भारतमा हाल ४४ करोड इन्टरनेट प्रयोगकर्ता छन् र २०२२ सम्ममा यो सङ्ख्या दुई गुनाले बढ्ने अनुमान गरिएको छ । तर इन्टरनेटको गति सुस्त हुँदा र कतिपय ठाउँमा इन्टरनेट पहुँच नहुँदा त्यस्ता क्षेत्र प्रभावित रहँदै आएको पाइएको थियो ।

Global Ime bank

भारतले यसअघि पनि स्पेस बजारमा संचार लगायत मौसमका लागि स्याटलाइटहरु पृथ्वी बाहिर पठाउन अरबौँ डलर खर्च गरिसकेको छ । २०१४ मा मात्र भारतको एउटा यान मंगल वरपर घुमेर आउन सफल भएको थियो । यसरी पहिलो प्रयासमै मंगल पुग्ने भारत विश्वकै पहिलो देश हो । त्यसैगरी भारतले भिन्दाभिन्दै आकारका १०४ वटा स्याटलाइटहरु पनि एकैपटक लन्च गर्दै यस वर्ष रुसको रेकर्ड तोडेको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०७५  ०५:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC