site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अष्ट्रेलियन वैज्ञानिकहरुले पत्ता लगाए १० मिनेटमै क्यान्सर परीक्षण
Sarbottam CementSarbottam Cement

एजेन्सी । अष्ट्रेलियाका वैज्ञानिकहरुले १० मिनेटमै शरीरका जुनसुकै भागमा रहेका क्यान्सरयुक्त सेल पत्ता लगाउने परीक्षणको खोजी गरेको हालै प्रकाशित अध्ययनमा दाबी गरिएको छ । युनिभर्सिटी अफ क्वीन्सल्यान्डका अध्ययनकर्ताले पानीमा राख्दा क्यान्सरजनक डीएनएको संरचना परिवर्तन हुने पत्ता लगाएपछि यसैका आधारमा सो परीक्षण विकसित गरिएको सीएनएनले जनाएको छ । 

नेचर कम्युनिकेसन जर्नलमा प्रकाशित सो अध्ययनअनुसार परीक्षणमार्फत त्यस प्रकारका बदलिएका डीएनए संरचनाको पहिचान गरि क्यान्सर रहेको नरहेको भन्ने सजिलै थाहा पाउन सकिन्छ । अनुसन्धानका क्रममा २०० भन्दा बढी टिस्यु र रगतका स्याम्पलहरुमा परीक्षण गरिएको थियो जसले क्यान्सरजनक सेललाई ९० प्रतिशत सही पहिचान गर्न सकेको पाइएको हो । यस्तोमा अनुसन्धानकर्ताहरु यस परीक्षणबाट ठूलो उपलब्धि हासिल हुनेमा सकारात्मक रहेको बताइरहेका छन् ।  क्यान्सरले स्वास्थ सेलका डीएनएलाई बदल्न सक्ने हुँदा सामान्य टिस्यु पानीमा राखि माइक्रोस्कोपबाट हेर्दा तिनीहरु क्यान्सरजनक सेलबाट सहजै छुट्टिन सक्ने बताइएको छ । यसरी अब आगामी दिनमा भने अध्ययनकर्ताहरुले यसमार्फत कति छिटो क्यान्सर पत्ता लगाउन सकिनेछ भन्नेमा काम गर्ने बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रोफेसर म्याट ट्राउले भनेका छन्, “क्यान्सरजनक डीएनएका कणहरु पानीसँग मिसिँदा सामान्य अवस्थाको भन्दा भिन्दै ‘थ्रीडी नेनो स्ट्रक्चर’ बनाउने रहनेछन् जसको खोजी गर्नु नै सबैभन्दा ठूलो सफलता हो । त्यसैले अब रगतदेखि जटिल किसिमका क्यान्सर समेत यो नयाँ तरिकाबाट पत्ता लाग्न सकिनेछ । यसरी अहिले यो खोजले सस्तो र सजिलै यताउती गर्न सकिने पोर्टेबल यन्त्रहरुको निर्माण गर्न पनि उत्प्रेरित गरेको हो जसलाई मोबाइल फोनकै मद्दतले रोग निदान टुलका रुपमा प्रयोग गर्न सकिनेछ ।”

पछिल्लो समय विश्वभरका वैज्ञानिकहरु क्यान्सरलाई चाँडो भन्दा चाँडो पहिचान गर्न सकिने तरिका विकास गर्नमा लागिपरेका छन् किनकी यसलाई जति छिट्टै पत्ता लगाउन सकियो त्यसपछिका थेरापी, शल्यक्रिया र उपचार सफल हुने सम्भावना पनि उत्तिकै बढ्न जान्छ । 

Global Ime bank

यही प्रयास अन्तर्गत यसअघि अमेरिकाको जोन होप्किन्स युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले पनि ‘क्यान्सर सिक’ नामक नयाँ रगत परीक्षणको विकास भएको घोषणा गरेका थिए जसले आठ प्रकारका सामान्य क्यान्सरहरु पहिचान गर्न सक्ने बताइएको थियो । 

त्यसमा भने बिरामीको रगतमा क्यान्सरको प्रोटिन र जिनमा देखिने बदलावलाई आधार मान्दै त्यस प्रकारका क्यान्सरजनक सेलको खोजी गर्न सकिने बताइएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०७५  ०५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC