site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
७ वर्षे बालक सर्वाधिक कमाई गर्ने युट्युबर !
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

एजेन्सी । खेलौनाबारे समीक्षा गर्दै युट्युबमा रमाइला भिडियो पोस्ट गर्ने एक सात वर्षीय बालक २०१८ का सर्वाधिक कमाइ गर्ने युट्युब स्टार बनेका छन् । ‘रायन टोइज रिभ्यु’ नामको च्यानल चलाउने गरेका रायनले जुन २०१७ देखि १०१८ सम्मका भिडियोका लागि २ करोड डलर संकलन गरेपछि उनी फोर्ब्सको सूचीमा सर्वाधिक आम्दानी गर्ने युट्युबर बनेका हुन् ।  

सो आम्दानी उनको परिवारसँगको अकाउन्ट ‘रायनस फ्यामीली रिभ्यु’ बाट पनि प्राप्त भएको हो जसमा रायनका दुई जुडुवा बहिनी र आमा बुबाले उनको पारिवारिक जीवनको झलक देखाउने गरेका छन् । पाँच मिनेटदेखि तीस मिनेटसम्मको भिडियोहरुमा रायनले साइकल देखि पहिरन, लेगो, लगायत सबै किसिमका खेलौनाबारे आफ्नो प्रतिक्रिया दिने गरेका छन् । हाल उनका च्यानलका १ करोड ७० लाख सस्क्राइबर रहेका छन् ।

यसरी सन् २०१५ मार्चमा सुरु गरेको युट्युब च्यानलका कारण हाल रायन बालबालिकाहरु माझ अत्यन्तै लोकप्रिय छन् । यसमा उनी आमाबुवासँग खेलिरहेको पनि देखा पर्ने गरेका छन् । यसरी सात वर्षे युट्युबरको सफलता धेरैका लागि आश्चर्यजनक भएपनि रायनले भने आफ्नो भिडियोहरु हिट हुनु कुनै अनौठो कुरा नभएको बताउने गरेका छन् । आफू रमाइलो मान्छे भएकाले सबैलाई मनोरञ्जन गराउन सक्ने उनी बताउँछन् । उनकी आमाले पनि उनलाई स्कुलमा सबैसँग हाँस्ने मिल्ने बालकका रुपमा व्याख्या गरेकी छन् । उनी भविष्यमा गेम निर्माणकर्ता बन्न चाहन्छन् । – फक्स न्युज
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०७५  ०५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC