site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
महिला स्वास्थ्य स्वयम् सेविको भूमिकाको उच्च मूल्याङ्कन : राज्यमन्त्री रावल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

महेन्द्रनगर । सुदूरपश्चिम सरकारका उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावलले प्रदेश सरकारले महिला स्वास्थ्य सेविकाहरुले मातृ शिशु स्वास्थ्यमा खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्ने बताएका छन् ।
१५ औं महिला स्वास्थ्य स्वयम् सेविका दिवसको अवसरमा भीमदत्त नगरपालिका कार्यालयमा आयोजना गरिएको कार्यक्रममा राज्यमन्त्री रावलले विदेशबाट रकम लिएर गरिने सेवा भन्दा महिला स्वयम् सेविकाको पवित्र सामाजिक सेवा भएको भन्दै प्रशंसा गरे ।

भीमदत्त नगरपालिकाको सामाजिक विकास समितिका सभापति हरक सिँह धामीको सभापतितत्वमा गरिएको कार्यक्रममा राज्यमन्त्री रावलले भीमदत्त पन्त अस्पताल (साविक महाकाली अञ्चल अस्पताल) को स्तरोन्नति, शिक्षा, स्वास्थ्य, सिँचाई, पर्यटन पूर्वाधार विकास लगायतका कार्यलाई प्राथमिकता दिइएको बताए ।
कार्यक्रममा भीनपा वडा नं. १२ का अध्यक्ष कृष्ण सिह देउपा, समाजसेवी लिलाध्वज वस्नेत, भीमदत्त नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी, महिला स्वास्थ्य स्वयम् सेविका समन्वय समितिका संयोजक भारती सिह, अधिकारकर्मी भगवति थापा लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा हाजिरी जवाफमा विजयी आमा समूह र विभिन्न स्वास्थ्य संस्थाका उत्कृष्ठ स्वयम् सेविकालाई सम्मान गरिएको छ । स्वयम् सेविका लक्ष्मी बोहराले सञ्चालन गरेको कार्यक्रममा नगर क्षेत्रका सबै स्वयम् सेविकाहरु सहभागी भएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०७५  १९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC