site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
क्याप्टेन थापाको अध्यक्षतामा हेलिकोप्टर सोसाइटी गठन
Sarbottam CementSarbottam Cement

काठमाडौं । हेलिकोप्टर सेवा उद्योगको व्यावसायिक विकास तथा हवाई सुरक्षा अभिवृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यले सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको अध्यक्षतामा आठ सदस्यीय ‘हेलिकोप्टर सोसाइटी अफ नेपाल’ गठन भएको छ । 

मुलुकका १० हेलिेकोप्टर सेवा प्रदायक कम्पनीको छाता संगठनका रूपमा स्थापित हेलिकोप्टर सोसाइटीको उपाध्यक्षमा एयर डाइनेस्टीका आङछिरिङ शेर्पा र मनाङ एयरका सतीशप्रसाद प्रधान, महासचिवमा हेलि एभरेस्टका योगराज कँडेल र कोषाध्यक्षमा कैलाश हेलिकोप्टरका प्रतापजंग पाडे छन् । त्यसैगरी सदस्यमा प्रभु हेलिकोप्टरका विनोद थकाली, श्री एयरलाइन्सका अनिल मानन्धर र अल्टिच्युड एयरका निमानुरु शेर्पा छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले मंगलबार राजधानीमा आयोजित कार्यक्रममा सोसाइटीको औपचारिक उद्घाटन गरे । सोसाइटीका अध्यक्ष थापाले हेलिकोप्टर सेवा क्षेत्रमा आइपर्ने विभिन्न समस्या समाधानका लागि नियामक निकायको सहयोग र समन्वयमा काम संस्थाले काम गर्ने जानकारी दिए । 

पर्यटन मन्त्री अधिकारीले हेलिकोप्टर सेवा क्षेत्रका समस्या समाधानमा भरपूर सहयोग गर्ने प्रतिबद्धता जनाए । सोसाइटीले हवाई उड्डयन क्षेत्रको विकासमा गर्ने सकारात्मक पहलबाट यस क्षेत्रको सुधार हुने भन्दै अधिकारीले जिम्मेवारी र कर्तव्यप्रति प्रतिबद्ध भएर लागिपर्ने आग्रह गरे । 

Global Ime bank

कार्यक्रमममा नेपालकै पहिलो हेलिकोप्टर पाइलट रविन्द्रप्रसाद प्रधान, अवकासप्राप्त ब्रिगेडियर जनरल पुष्पबहादुर केसी, क्याप्टेन गुञ्जमान लामा, क्याप्टेन विकास राणा, इन्जिनियर महेशकुमार नकर्मी, ओमप्रसाद श्रेष्ठ र विष्णु बस्नेत, फ्लाइट डिस्प्याचर भक्ति श्रेष्ठ र एयर ट्राफिक कन्ट्रोलर (एटीसी) नारायणबहादुर सिंह डंगोललाई सम्मान गरिएको थियो । 
 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०७५  १८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC