site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्मला हत्याकाण्डः संलग्नताको आशंकामा काठमाडौंबाट एकजना पक्राउ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कञ्चनपुरको भीमदत्तनगर–२ कि १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार–हत्यामा संग्लनताको आरोपमा एकजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंबाटै कञ्चनपुरका २२ वर्षीय एक युवकलाई पक्राउ गरेको उच्च स्रोतले जनाएको छ ।

पक्राउ पर्ने युवकको नाम गोप्य राखिएको छ । बाह्रखरीलाई प्राप्त सूचनाअनुसार गत साउन ११ गते उखुबारीमा निर्मला मृत अवस्थामा फेला परेको दिनदेखि ती युवक कञ्चनपुरमा नदेखिएको स्रोत बताउँछ ।

Prabhu Bank
Agni Group
NIC Asia

उनको परिवारका सदस्यले ती युवा भारत गएको बताएका थिए । तर उनी मंगलबार साँझ काठमाडौंबाट पक्राउ परेका हुन् । स्रोतका अनुसार पक्राउ परेका युवकको डीएनए परीक्षणका लागि नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालामा पठाइएको छ । उनको दुई दिनमा डीएनए रिपोर्ट आउने र रिपोर्ट नआएसम्म ती युवकलाई प्रहरी हिरासतमै राखिने बताइएको छ । पक्राउ परेका युवकको भूमिका शंकास्पद देखिएको र उनी यसअघि पनि अपराधिक गतिविधिमा संलग्न रहेको पाइएको बताइएको छ । 

कञ्चनपुर प्रहरीका एसपी कुवेरसिंह कडायतले भने यसबारे आफूलाई कुनै जानकारी नरहेको बताए । ‘‘काठमाडौंको कुरा मलाई जानकारी छैन । हामी घटनाको अनुसन्धानमा भने जुटिरहेका छौं,” एसपी कडायतले भने, “हामीले दैनिक रुपमा शंकास्पद व्याक्तिसँग सोधपुछ गरिरहेका छौं । हालसम्म ९ जनाको डीएनए परीक्षण पनि गरेका छौं । अरु केही पनि अनुसन्धानको घेरामा छन् ।”

Global Ime bank

प्रहरी अनुसन्धानमा स्थानीय र आफन्तकै सहयोग कम भएको अनुसन्धानमा संग्लन अधिकारीको गुनासो छ । कञ्चनपुर प्रहरीले यसअघि गत भदौ ४ गते निर्मलाको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा भीमदत्तनगर–१९ बाँगफाँटाका ४१ वर्षीय दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । दिलिपको डीएनए निर्मलाको ‘भेजिनल स्वावसँग’ मेल नखाएपछि उनी थुनामुक्त भएका थिए । पुष्टि नभएकाले प्रहरीले मंगलबार पक्राउ परेका युवकको बारेमा बताउन नखोजेको स्रोतले बतायो । 

निर्मला हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय चक्र बडुलाई पनि पक्राउ गरेको थियो । गत साउन १० गते साथी रोशनी वमको घरमा गएकी निर्मला साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।  निर्मला हत्याको अनुसन्धानमा प्रहरीको टोली सक्रिय छ । तर निष्कर्षमा पुगिहाल्ने र अपराधी किटान गर्ने अवस्थामा भने प्रहरी पुगिनसकेको प्रहरी स्रोत बताउँछ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०७५  १५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC