site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रस्तावित चार राजदूतको संसदीय सुनुवाइ आइतबार
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले सरकारले सिफारिस गरेका ४ देशका राजदूतको सुनुवाइ मंसिर २३ गते आइतबार गर्ने भएको छ । समितिको आज (बुधबार) सिंहदरबारमा बसेको बैठकले सरकारद्वारा भारतका लागि राजदूत सिफारिस निलाम्बर आचार्य, मलेसियाका लागि सिफारिस उदयराज पाण्डे, यूएईका लागि कृष्ण ढकाल र इजरायलका लागि राजदूत सिफारिस गरिएकी अञ्जान शाक्यको आइतबार संसदीय सुनुवाइ गर्ने निर्णय गरेको हो । 
त्यसैगरी समितिको बैठकले शुक्रबार उजुरीकर्तासँग र पूर्व राजदूतहरुसँग राजदूतको योग्यता र क्षमताका सम्बन्धमा पनि छलफल गर्ने निर्णय गरेको छ । एक जना उजुरीकर्ताको उजुरी समितिमा परेकाले शुक्रबार नै सो उजुरीका सम्बन्धमा पनि छलफल गर्न लागिएको समितिका सभापति लक्ष्मणलाल कर्णले बताए । राष्ट्रको मर्यादा समेत राख्नुपर्ने भएकाले राजदूतको आवश्यक योग्यता र क्षमताका विषयमा अनुभवी पूर्व राजदूतहरुसँग पनि छलफल गर्ने निर्णय गरिएको पनि समितिले स्पष्ट पारेको छ ।
सरकारले सिफारिस गरेका चार राजदूतको उमेर हदमाथि प्रश्न उठाउँदै एक जनाको उजुरी परेको छ । राजदूत नियुक्तिका लागि कम्तिमा ४५ वर्ष पूरा गरी ६५ वर्ष ननाघेको हुनुपर्नेमा अन्यथा भएको उजुरीमा उल्लेख गरिएको छ । संसदीय सुनुवाइ विशेष समितिले सरकारले सिफारिस गरेका राजदूतहरुको योग्यता, क्षमता र कार्ययोजनाबारे सुनुवाइ गरेपछि सो सिफारिस अनुमोदन गर्ने–नगर्ने निर्णय लिने संवैधानिक व्यवस्था छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०७५  १४:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC