site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेश ३ को भौतिक मन्त्रालय एक महिनादेखि मन्त्रीविहीन
Sarbottam CementSarbottam Cement

काठमाडौं । ३ नम्बर प्रदेशले खाली मन्त्री पद पूर्ति गर्न सकेको छैन । १६ कात्तिकमा पदीय मर्दाया अनुकूल काम नगरेको र आफूसँग भनाभनमा उत्रिएको भन्दै मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को भौतिक पूर्वाधारमन्त्री रहेका उनलाई पदच्यूत गरेका थिए ।

हटाइएको एकमहिनासम्म पनि प्रदेश सरकारले मन्त्री छान्न नसकेको स्रोतले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

स्रोतका अनुसार मुख्यमन्त्रीले आफूनिकटका मानिसलाई मन्त्री बनाउन चाहेको, मन्त्री र प्रदेशसभा सदस्यहरूले उपत्यकाकै प्रतिनिधित्व गराउनुपर्ने आवाज उठाएपछि पौडेललाई मन्त्री छान्न सकस परेको हो ।

भर्खरै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश कमिटीले पूर्णता पाएकाले पार्टीको सुझावमा मुख्यमन्त्रीले रिक्त मन्त्री पूर्ति गर्ने स्रोतले जानकारी दिएको छ ।

Global Ime bank

पदीय मर्यादाअनुकूल काम नगरेको भनेर बर्खासीमा पर्ने स्थापित एक्ला होइनन ।

कात्तिक २९ गते सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रीपनि अश्लील हर्कत गरेको भन्दै पदबाट हटाइएका थिए । त्यही दिन प्रदेश सरकारले कृष्ण सुवेदीलाई सामाजिक विकासमन्त्री बनाइसकेको छ ।

यता प्रदेश ३ मा रिक्तमन्त्रीको दौडमा रामेश्वर फुयाल, नारायण सिलवाल, वसन्त मानन्धरलगायत प्रदेशसभा सदस्य रहेको स्रोतको दाबी छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०७५  ०७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC