site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पुस १ देखि टुँडिखेल आसपासमा गाडी रोक्न नपाइने 
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  पुस १ गतेदेखि काठमाडौंको टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी रोक्न नपाइने भएको छ ।  यस्ता सवारी साधनले यात्रु पर्खेर बस्दा ट्राफिक जाम भएकाले उक्त मितिदेखि काठमाडौं महानगरपालिकाले यो नियम लागु गर्न लागेको जनाएको छ ।

“सो क्षेत्रमा सवारी साधनले यात्रु चढाउँदा र ओराल्दा सयौं मानिसको समय बर्बाद हुने गरेको छ,” मङ्गलबार राष्ट्रिय सभागृहमा आयाजित बैठकमा सडक र सहरसम्वद्ध निकायका प्रतिनिधिसँग काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भने, “ट्राफिक जामले कर्मचारी, विद्यार्थीदेखि व्यापारी, व्यवसायी सबैको समय बर्बाद भइरहेको छ । जाममा लामो समय सवारी रोक्दा इन्धन खपत नष्ट हुनुका साथै यस्ता सवारीले धुवाँको प्रदुषण पनि बढाएका छन् ।”

Prabhu Bank
Agni Group
NIC Asia

उक्त कार्यक्रममा मेयर शाक्यले चाँडै नै यातायात व्यवसायीसँगै यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीको सहकार्यमा पुस १ बाट यात्रु “पिक एण्ड ड्रप” नियम लागु गर्ने घोषणा गरे ।

बैठकमा महानगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत यादवप्रसाद कोइरालाले महानगरपालिकाले लागु गर्ने यो नियमलाई यातायात व्यवसायी साथै सम्पूर्ण निकाय र नागरिक मिलेर कार्यान्वयन गर्नुपर्ने बताए ।

Global Ime bank

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक शैलेश थापाले पूर्वाधार तयार भएपछि नियम कार्यान्वयन सहज हुने बताए । यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी वसन्त पन्तले पनि यो नियम कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०७५  १८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC