site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ईपीएलका मुख्य आकर्षण विदेशी खेलाडी, श्रम स्वीकृति नलिएकाले पारिश्रमिक खुलाइएन
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो एक दशकयता विश्वभर लोकप्रियता हासिल गर्न सफल क्रिकेटको छोटो स्वरुप ट्वान्टी–२० नेपालमा पनि उत्तिकै जम्न थालेको छ । धनगढी प्रिमियर लिग (डिपिएल), एभरेष्ट प्रिमियर लिग (ईपीएल) र यो वर्षबाट सुरु गरिएको पोखरा प्रिमियर लिग (पिपिएल) गरी नेपालमा २० ओभरको क्रिकेटमा तीन ठूला प्रतियोतिगा हुन थालेका छन् । फ्रेन्चाइज टोलीको सहभागितामा हुने प्रतियोगितामध्येको दोस्रो ईपीएल शनिबारबाट कीर्तिपुर मैदानमा सुरु हुँदैछ । 
विभिन्न व्यावसायिक प्रतिष्ठानसमेतको स्वामित्वमा रहेका ६ वटा फ्रेन्चाइज टोली सहभागी हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक प्रमुख पूर्व राष्ट्रिय क्रिकेटर आमिर अख्तरले बताएका छन् । “तयारी राम्रो भइरहेको छ,” अख्तरले भने, “हामीसँग अघिल्लो सिजनमा प्रतियोगिता गरेको अनुभव छ । यसपालि अझ सुधारिएको र भव्य रुपमा ईपीएल सम्पन्न हुनेछ ।”
शनिबारबाट कीर्तिपुरको मैदानमा नेपाली घरेलु क्रिकेटमा एक संस्करणबाटै स्थापित भएको ईपीएल सुरु हुँदा सहभागी ६ फ्रेन्चाइज टिमबाट थुप्रै लोकप्रिय अन्तर्राष्ट्रिय स्टारहरुले ब्याट र बलसँग आफ्नो प्रतिभा देखाउने छन् । आयरल्यान्डदेखि स्कटल्यान्डका कप्तानसम्म सहभागी हुँदा ईपीएलको लोकप्रियता झनै बढेको अख्तरले बताएका छन् ।
प्रतियोगितामा हरेक टिमले तीन जना विदेशी खेलाडी राख्नैपर्ने प्रावधानअनुसार सहभागी ६ टिमले विभिन्न देशका १७ खेलाडीलाई अनुबन्ध गरिसकेका छन् । यद्यपि नेपालको कानुनअनुसार कुनै पनि टिममा आबद्ध विदेशी खेलाडीले श्रम स्वीकृति नलिएका कारण विदेशी खेलाडीको पारिश्रमिक भने खुलाइएको छैन । टेष्ट खेल्ने आयरल्यान्ड, इङ्ग्ल्यान्ड र दक्षिण अफ्रिकाका खेलाडीदेखि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्र नेदरल्यान्ड्स र स्कटल्यान्ड खेलाडी पहिलो पटक नेपाली लिग खेल्न नेपाल आउने भएका छन् ।
“नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले यसअघि विभिन्न प्रतियोगितामा स्कटल्यान्ड, आयरल्यान्ड र नेदरल्यान्ड्सका खेलाडीहरुसँग खेलिसकेका छन् । तर, अन्य खेलाडीले यस्तो मौका पाएका हुँदैनन् । त्यसैले घरेलु लिगमा विदेशी खेलाडीसँग अनुुभव सेयर गर्न पाउनु उनीहरुका लागि महत्वपूर्ण उपलब्धि हो । यसले स्थानीय खेलाडीलाई उत्प्रेरणा मिल्छ,” राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमटाले भने, “राम्रा विदेशी खेलाडीसँगको सहकार्यले हाम्रा अरु जुनियर खेलाडीलाई पनि कसरी स्टेवल तरिकाले खेल्ने, इनिङ विल्डको कुरादेखि अन्य विषयमा राम्रो ज्ञान मिल्छ ।”
नेपाली क्रिकेट प्रशंसकबीच चर्चित अनुहार लिगमा सहभागी हुने भएपछि यो सिजनको ईपीएल भव्य हुने अनुमान प्रशिक्षक टमटाले लगाएका छन् । उनले भने, “यो वर्ष आईसीसीको वरीयतामा रहेका चर्चित खेलाडी ईपीएलमा सहभागी हुने भएपछि प्रतियोगिताको चार्म बढेको छ ।”
\"\"इंग्ल्यान्डको काउन्टी क्रिकेट लिग खेलेका तीन खेलाडी ईपीएलका लागि काठमाडौं आउँदैछन् । नेपाली लिगमा पहिलो पटक स्कटल्यान्डका कप्तान काइल कोइटजर (३४), आयरल्यान्डका पाउल स्टर्लिङ (२८) र केभिन ओ ब्रायन (३४), नेदरल्यान्ड्सका रायन टेन दोसच्याटे (३८), पाउल भान मेकेरेन (२५) लगायतका खेलाडी लिगमा सहभागी हुने भएका छन् ।
नेपाली लिगमा स्वदेशी भन्दा पनि विदेशी खेलाडीको प्रशंसा हुँदै आएको छ । यसअघिका प्रतियोगितामा प्रत्येक जसो खेलको नतिजा विदेशी खेलाडीको प्रदर्शनमा निर्भर रहने गरेको थियो । 
ईपीएलमा यसअघिका नेपालका अन्य प्रतियोगिता खेलेका अधिकांश भारतीय खेलाडीले निरन्तरता पाएका छन् भने हङकङका बाबर हायत, युुएईका कप्तान रोहन मुस्तफा लगायत पनि कीर्तिपुरमा मैदानमा उत्रिनेछन् । 
ईपीएलमा चितवन टाइगर्स, भैरहवा ग्लाडिएटर्स, विराटनगर वारियर्स, काठमाडौं किङ्स—११, ललितपुर प्याट्रियोट्स र पोखरा राइनोजले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको भव्यताका लागि फर्ममा रहेका विदेशी खेलाडीको प्रदर्शनसँगै आयोजकका विभिन्न कार्यक्रमले योगदान गर्ने अख्तरले बताए । उनले टिकट काटेर रंगशाला पुग्ने दर्शकमध्ये एक जना भाग्यशालीलाई टिभिएस मोटरसाइकल दिनुका साथै दर्शक दिर्घामा आएको बललाई उत्कृष्ट क्याच गर्ने दर्शकलाई पनि ५० हजार नगद पुरस्कारले सम्मान गरिने जानकारी दिए । अघिल्लो वर्ष विजेता विराटनगर वारियर्सले पुरस्कारस्वरुप २१ लाख रुपैयाँ नगद पाएको थियो । यसपालि पुरस्कार राशि बढाउने विषयमा निर्णय भइनसकेको अख्तरले जानकारी गराए । 

कुन खेलाडी कुन टिममा ?
चितवन टाइगर्स
कप्तान दिपेन्द्रसिंह ऐरी
पाउल स्टर्लिङ (आयरल्यान्ड)
जोन सिमसोन (इङ्ग्ल्यान्ड) जर्ज स्कट (इङ्ग्ल्यान्ड)

Prabhu Bank
Agni Group
NIC Asia

भैरहवा ग्लाडियटर्स
कप्तान शरद भेषावकर
रायन टेन डोसच्याटे (नेदरल्यान्ड्स)
मोहमद नाभिद (युएई)
रवि इन्दर सिंह (भारत)

विराटनगर वारियर्स
कप्तान पारस खड्का
बाबर हायत (हङकङ)
पाउल भान मेकेरेन (नेदरल्यान्ड्स)

Global Ime bank

काठमाडौं किङ्स–११
कप्तान सोमपाल कामी
रोहन मुुस्तफा (युुएई)
केभिन ओ ब्रायन (आयरल्यान्ड)

ललितपुर प्याट्रियोट्स
कप्तान ज्ञानेन्द्र मल्ल
जयकिसन कोल्सावल (भारत), सन्नी पटेल (भारत), गौरव तोमर (भारत)

पोखरा राइनोज
कप्तान शक्ति गौचन
सन्नी भिमसारिया (हङकङ)
काइल कोइट्जर (स्कटल्यान्ड)
पाउल कोलिन (इंग्ल्यान्ड)
रिचार्ड लेभी (दक्षिण अफ्रिका)
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०७५  १६:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC