रिमा गुरुङको गीत ‘आँखाका...’ सार्वजनिक (भिडियोसहित)

रिमा गुरुङको गीत ‘आँखाका...’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायिका रिमा गुरुङ होडा नयाँ गीत लिएर स्रोता तथा दर्शक माझ आएकी छन् । ‘आँखाका...’ बोलको गीत लिएर रिमा आफ्ना स्रोता तथा दर्शकमाझ आएकी हुन् । 

राजेन्द्र थापाको शब्द रहेको गीतमा प्रकाश गुरुङले संगीत भरेका छन् भने संगीत संयाेजन सचिन सिंहको रहेको छ । 

गीतको भिडियो निर्देशन लोकेश बज्राचार्यले गरेका छन् । बज्राचार्य नेपाल अाइडलका पनि निर्देशक हुन् । सान्त्वना रेकर्डसले बजारमा ल्याएको म्युजिक भिडियोका सहायक निर्देशक रविन श्रेष्ठ रहेका छन् । भिडियाे छायांकन भने हरि हुमागाइले गरेका हुन् ।

म्युजिक भिडियोमा साक्षी लम्सालको अभिनय रहेकाे छ भने काेरियोग्राफी निशिला शाक्यले गरेकी हुन् ।

प्रतिकृया दिनुहोस