site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘मिस वर्ल्ड–२०१८’: मल्टिमिडयाको उपाधि शृंखलालाई
Ghorahi CementGhorahi Cement

काठमाडौं । ‘मिस नेपाल–२०१८’ शृंखला खतिवडाले ‘मिस वर्ल्ड–२०१८’को मल्टिमिडिया टाइटल जितेकी छन् । सोसल मिडियातर्फ भोटिङमा १२१ देशका प्रतिस्पर्धी सुन्दरीहरुलाई पछि पार्दै शृंखलाले मल्टिमिडियाको टाइटल होल्ड गरेकी हुन् । उनले सबैभन्दा धेरै प्रतिशत भोट ल्याएर उक्त टाइटल जितेकी हुन् । 

मिस वर्ल्डमा नेपाली सुन्दरीले पाएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हो । 

भोटिङका लागि खुला गरिएको समयदेखि नै शृंखलाले प्रतिस्पर्धीलाई पछि पार्दै लिड गरेकी थिइन् । उनले आफ्नो फेसबुक पेज तथा अन्य सामाजिक सञ्जालमार्फत आफूलाई भोट गर्नका लागि बारम्बार अपिल गर्दै भोट गर्ने तरिका समेत सिकाएकी थिइन् । मोभ स्टार एपमार्फत प्रतिस्पर्धीलाई भोट गर्ने ब्यस्था मिलाइएको थियो ।  सामाजिक सञ्जाल ‘मोभस्टार’मा गएर प्रतिस्पर्धीको तस्बिर तथा भिडियोमा लाइक, सेयर तथा कमेन्ट गरेका आधारमा भोट काउन्ट हुन्थ्यो । 

Agni Group

उनले प्रतिस्पर्धी विभिन्न देशका सुन्दरीहरुलाई नेपाली भाषा बोल्न र गीत गाउन आग्रह गर्दै भिडियो पोस्ट गरेकी थिइन् । उनले आफ्नो भिडियोमा आफूलाई भन्दा पनि नेपालको सुन्दरतालाई देखाएकी छन् । उनले बौद्ध स्तुपादेखि सगरमाथासम्मलाई भिडियोमा समावेश गरेकी छन् ।

मल्टिमिडियो टाइटल जितेसँगै शृंखला सीधै सेमिफाइनलमा प्रवेश गरेकी छन् । अब भने उनी आफैँले अन्य प्रतिस्पर्धीलाई पछि पार्नुपर्नेछ । 

Global Ime bank

‘मिस वर्ल्ड–२०१८’ को फाइनल यही मंसिर २२ गते चीनको सान्यामा हुँदैछ । 

भोटिङमा नेपाली सधैँ अगाडि

सोसल मिडियामार्फत हुने भोटिङ होस् या एसएमस मार्फत हुने भोटिङ, यसमा नेपालीहरु अन्य देशको तुलनामा नेपाल अगाडि देखिने गरेको छ । सवा अर्ब जनसंख्या रहेको भारतलाई तीन करोड जनसंख्या रहेको नेपालले पछि पार्नुले यो पुष्टि हुन्छ । 

नेपाली मुलका भारतीय नागरिक प्रशान्त तामाङ इन्डियन आइडल सिजन तीन (२००७)मा नेपाल आइडल बन्न सफल भएका थिए । उनी नेपाली जनताले गरेको अधिक भोटका कारण नेपाल आइडल भएको बताइन्छ । 

भारतको जनसंख्या एक अर्ब ३६ करोड छ भने चीनको जनसंख्या एक अर्ब ४१ करोडभन्दा धेरै छ । यो क्रमशः पृथ्वीको कुल जनसंख्याको १७ र १८ प्रतिशत हो । यति धेरै जनसंख्या भएका देशका जनतालेभन्दा तीन करोड नेपालीले धेरै भोट गरेको देखिन्छ । 

यसरी औंल्याइन् शृंखलाले आफू पछि पर्नुको कारण 

उनले नेपालको किताबी शिक्षा अन्तर्राष्ट्रिय मञ्चहरुमा प्रतिस्पर्धाका लागि बाधक बन्ने गरेको आफूलाई अनुभूत भएको बताएकी छन् । उनले जापानी प्रतिस्पर्धीले गाउँदा उपस्थित प्रतिस्पर्धी तथा सबैका आँखा रसाएका र भाव विह्वल भएको प्रसंग कोट्याउँदै उनले दुई तीन वर्षको उमेरदेखि नै गायन, नृत्य, पेन्टिङ तथा खेलमा लाग्ने वातावरण अन्य देशमा रहेको र त्यही नै वास्तविक जिवनमा उपयोगी हुने गरेको बताएकी छन् । नेपालमा सानै उमेरदेखि किताबी ज्ञानमा मात्रै जोड दिने गरेको तर त्यसबाहेकका क्रियाकलापलाई नजरअन्दाज गरिँदा नेपाल र नेपाली पछि परिरहेको उनले बताएकी छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०७५  ०७:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC