site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
   सांगीतिक समाजको अधिवेशन सम्पन्न
Sarbottam CementSarbottam Cement

भक्तपुर । सांगीतिक कर्ममा सक्रिय स्रष्टाहरुको सम्मान तथा एकल साँझ गर्नुका साथै सांगीतिक विकासका लागि विविध गतिविधिलाई तीब्रता दिने निर्णय गर्दै भक्तपुर सांगीतिक समाजको प्रथम अधिवेशन सम्पन्न भएको छ । 

कार्यक्रममा वरिष्ठ कवयित्री एवं गीतकार प्रतिसरा साय्मीले प्रत्येकलाई आफ्नो भाषाको साहित्य संगीतको माया लाग्छ भन्दै त्यसका लागि प्रयत्नशील हुनुपर्ने बताइन् ।   

Prabhu Bank
Agni Group
NIC Asia

वरिष्ठ कलाकार तथा नाट्यकर्मी हरिबहादुर थापाले रंगमञ्च र गीतसंगीत दर्शक श्रोतासित प्रत्यक्ष सम्पर्कमा जोडिने भएकाले यसको प्रभावकारीताका प्रयत्नशील रहनुपर्ने कुरा उठाए ।    

समाजका सल्लाहकार तथा वरिष्ठ कथाकार धु्रव मधिकर्मीले गीतसंगीतको लामो परम्परा रहेको भक्तपुरमा पछिल्लो समयमा देखिएको सांगीतिक सुस्ततामा भक्तपुर सांगीतिक समाजको स्थापनाले उर्जा थप्ने जनाए । 
कार्यक्रममा समाजका सचिव अल्बर्ट बज्राचार्य र कोषाध्यक्ष रोशन धौभडेलले सचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरे ।  

Global Ime bank

समाजका अध्यक्ष प्रवीण शाहीको सभापतित्वमा भएको सो कार्यक्रममा वरिष्ठ गीतकार सुवासचन्द्र ढुंगेल, उपाध्यक्ष कपिल कसपाल, संगीतकार रोशनकुमार राजभण्डारी, गायिका मंगला सिन्ताकल र राजुराम मुनंकर्मीले पनि आफ्ना विचार राखे ।  
समाजले आउँदो पुसमा गायक दीपक खरेल एकल साँझको कार्यक्रम गर्ने भएको पनि जनाएको छ ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०७५  २०:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC