साहित्य
काठमाडौं । चलचित्र ‘जानी नजानी’ को फस्टक लुक पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य कलाकार मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठ फिचर्ड छन् । पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतको छोरी निरिशा यसै फिल्म मार्फत चलचित्र नगरीमा डेब्यू गर्दैछिन् ।
चलचित्रमा प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय छ । आधुनिक प्रेम कथामा आधारित चलचित्रको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् ।
बसन्त अधिकारीले चलचित्र निर्देशन गर्दैछन् । उनको यो डेब्यू निर्देशन हो । चलचित्र ‘जानी नजानी’ जानी नजानी चैत १ गते रिलिज हुनेछ ।
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०७५ १८:१८
प्रतिक्रिया दिनुहोस्