site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एसिया प्यासिफिक समिटमा सरकार नाङ्गो भयो : घनश्याम भुसाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीका नेताहरूमा सांस्कृतिक अधपतन शुरू भएको टिप्पणी गरेका छन् ।

एसिया प्यासिफिक समिटमा सरकार शुरूमा सहआयोजक र व्यापक विरोधपछि सहयोगी बनेकामा आपत्ति प्रकट गर्दै उनले प्रधानमन्त्रीलगायत नेकपाका नेताहरूमा सांस्कृति विचलन र अधपतन शुरू भएको कटाक्ष गरेका हुन् ।

विगत केहि दिनमा नेताहरुको सांस्कृतिक अधपतन र नग्नताको जुन राष्ट्रीय परेड प्रदर्शन भयो त्यसको मूल्य यस मुलुकका सन्तान-दरसन्तानले लामो समयसम्म तिर्नु पर्नेछ l

Prabhu Bank
Agni Group
NIC Asia
— Ghanashyam Bhusal (@gsbhusal) December 2, 2018

शुक्रबारदेखि काठमाडौँमा शुरू भएको सम्मेलनलाई उनले नग्नताको राष्ट्रिय परेडका रूपमा समेत व्याख्या गरेका हुन् ।

माइक्रो ब्लगिङ साइट ट्विटरमा उनले लेखेका छन्– “ विगत केही दिनमा नेताहरूको सांस्कृतिक अधपतन र नग्नताको जुन राष्ट्रिय परेड प्रदर्शन भयो त्यसको मूल्य यस मुलुकका सन्तान–दरसन्तानले लामो समयसम्म तिर्नु पर्नेछ ।

Global Ime bank

त्यस्तै सोही सम्मेलनमा सरकारको सहभागिताप्रति अर्का स्थायी कमिटी सदस्य भीम रावलले समेत आपत्ति जनाएका छन् । उनले कुनै व्यक्ति र निजी संस्थाको निहीत स्वार्थमा सरकार र पार्टी दुरुपयोग भएको बताउँदै उनले विरोध जनाएका हुन् ।

 

कुनै व्यक्ति र निजी संस्थाको निहित स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन । राष्ट्रीय हित र कुटनीतिक मर्यादा र परिणामको हेक्का राख्नु परयो । शान्तिको नाममा सम्मेलन गर्नेहरूले यत्रो पैसा कति कहाँबाट आयो जनतालाई भन्नु पर्छ । नभने सरकारले खोजेर भन्नु पर्छ ।

— Bhim Rawal (@BhimRawal179) November 30, 2018

रावलले शनिबार ट्विटरमा ट्विट गरेका थिए– “कुनै व्यक्ति र निजी संस्थाको निहित स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन । राष्ट्रीय हित र कुटनीतिक मर्यादा र परिणामको हेक्का राख्नु पर्‍यो । शान्तिको नाममा सम्मेलन गर्नेहरूले यत्रो पैसा कति, कहाँबाट आयो जनतालाई भन्नुपर्छ । नभने सरकारले खोजेर भन्नुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०७५  २२:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC