site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

पार्टीको विधान संशोधनमा समेत आन्तरिक सहमति जुटाउन नसकेको नेपाली कांग्रेसलाई सत्तारुढ दलका नेताहरू भने राजतन्त्र फर्काउन र संघीयता खारेज गराउन लागेको आरोप लगाइरहेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षमध्येका एक जना पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसले संघीयताविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका छन् । यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले त झन् एक पाइला अगाडि सरेर भारत र नेपाली कांग्रेस मिलेर राजतन्त्र फर्काउन लागेको दाबी गरेका छन् । भारतले गणतन्त्र दिवसमा पूर्व राजालाई बोलाउन लागेको र कांग्रेसका महामन्त्रीले हिन्दुधर्मको वकालत गरेको अनि राष्ट्रिय प्रजातन्त्र पार्टी एकीकरणको प्रयास आदिलाई आफ्ना भनाइ सही सिद्ध गर्ने उदाहरणका रूपमा प्रस्तुत गरे । परन्तु, कसरी भारत र कांग्रेस मिलेर राजतन्त्र फर्काउन खोजे भन्नेमा मुख्यमन्त्रीले र कांग्रेसले संघीयताविरुद्ध के षड्यन्त्र गरेको हो भन्ने विषयमा अध्यक्ष दाहालले कुनै भरपर्दो उदाहरण भने दिएका छैनन् । 

सरकार सञ्चालन प्रभावकारीरूपमा गर्न नसकेपछि निराश जनता र आक्रोशित कार्यकर्तालाई थामथुम पार्न कम्युनिस्ट नेताहरूले सजिलो बहाना भेटे कांग्रेसलाई दोष दिने । कार्यकर्ताहरू नेताले भनेपछि चित्त नबुझे पनि कुरा बुझेर चुप लाग्न पनि सक्छन् । तर, अहिले सूचना प्रविधि र चेतनाका कारण नेताहरूले फट्याइँ गरेको जनताले सजिलै बुझ्छन् । संघीयताका सन्दर्भमा नेपाली कांग्रेसका उपसभापतिले प्रदेशलाई अधिकार दिनुपर्ने धारणा केही पहिले व्यक्त गरेका थिए भने त बरु दाहालले नै धेरै अधिकार खोजे दुर्घटना हुने चेतावनी दिएका थिए । प्रदेशहरूलाई अधिकार दिन नखोज्ने कम्युनिस्ट सरकार र नेता संघीयता विरोधी नहुने तर अधिकार सम्पन्न बनाउनुपर्छ भन्ने नेताको पार्टी संघीयता विरोधी ठहरिने कथन कम्युनिस्ट कार्यकर्ताबाहेक अरूले पत्याउँदैनन् । बेलामा कार्यविधि नबनाएर विकास बजेट खर्च गर्न अप्ठेरो पार्ने, संविधानमै व्यवस्था भएको अन्तरप्रदेश परिषद्को बैठकै नबोलाउनेहरूले अरूलाई संघीयता बिथोल्न खोजेको भन्नु हास्यास्पद हो । यस्तै, पूर्व राजालाई बोलाएर सम्मान गर्ने भारतको उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथलाई जनकपुर बोलाउनेहरूले योगीको जनकपुर भ्रमणको विरोध गर्नेहरूमाथि राजतन्त्रका पक्षमा षड्यन्त्र गरेको आरोप लगाउनु पनि ‘चील आयो भनेर गाउँलेलाई आकाशमा हेर्न लगाएर कुखुरा चोर्ने श्यालको कथा‘को सम्झना गराउँछ । इतिहासमै सबैभन्दा कमजोर संगठन र निकम्मा नेतृत्व भएको कांग्रेसलाई दोष दिएर असफलता लुकाउन खोजेको यथार्थ जनताले बुझेका छन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

चर्का र असान्दर्भिक कुरा गरेर जनतालाई भ्रममा पार्ने नेपाली कम्युनिस्ट नेताहरूको स्वभावले पञ्चायत कालकोे सम्झना गराउँछ । तीन दशक लामो पञ्चायत कालमा अधिकांश कम्युनिस्ट घटकका नेताले भारत, अमेरिका र कांग्रेसको विरोध गरेरै बिताएका थिए । अहिले नेतृत्वमा पुगेका कम्युनिस्टहरू त्यही दीक्षा पाएर हुर्केकाहरू हुन् । यसैले उनीहरू अरूलाई प्रतिक्रियावादीको आरोप लगाएर आफू प्रतिक्रियामा बाँच्न अभ्यस्त छन् । अनेकौं काण्डहरूमा सरकारको संलग्नता देखिएपछि जनता कम्युनिस्ट सरकारप्रति क्षुब्ध भएका हुन् । यस्तै, विलासी जीवन शैलीले गर्दा जनताले कम्युनिस्ट नेताहरूलाई ‘लाल बादशाह’ भन्न थालेका छन् । कम्युनिस्ट कार्यकर्ताहरू नै तिनको जीवन शैली र संवेदनशीहीनतासँग दिक्क भएर मन्त्रालयमै विषय सेवन गर्न थालेका छन् । न्याय खोज्नेलाई पक्रने र विवादास्पद धर्म प्रचारकको मतियार बन्ने काममा सरकारी संयन्त्र प्रयोग भएको छ । यस्ता विषयबाट जनताको ध्यान हटाउन सस्तो प्रचारवाजीमा समय खेर फाल्नु कम्तीमा मुख्यमन्त्रीहरूका लागि उचित हुँदैन । यस्ता अनर्गल प्रचारमा लाग्नुभन्दा मुख्यमन्त्रीले रचनात्मक काममा समय लगाउनु उचित हुनेछ ।   


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०७५  १३:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC