site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रेलिङ तोड्नु र सिसा फुटाउनुमात्रै प्रतिपक्षको भूमिका हो र ? 
Ghorahi CementGhorahi Cement

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक काठमाडौंमा चलिरहेको छ । आसन्न महासमिति बैठकमा प्रस्तुत गर्न लागिएको विधानको मस्यौदालाई अन्तिम रुप दिन केन्द्रीय समितिको बैठक जारी छ । नेपाली कांग्रेसभित्रै र बाहिरबाट पनि पार्टी र नेतृत्वको यतिधेरै आलोचना हुँदा पनि उपसभापति विमलेन्द्र निधि भने त्यो स्वीकार गर्न तयार देखिँदैनन् ।

सत्तारुढ दलकै प्रभावशाली नेताले समेत कांग्रेस कहाँ छ भनेर खोजी गर्ने बेला भएको बताइरहँदा निधिले भने चुनावमा पराजित भए पनि गाउँ गाउँसम्म रहेका कार्यकर्ता संगठन निर्माणमा लागिसकेको दाबी गर्छन् । पार्टीको जारी केन्द्रीय समितिको बैठक, आसन्न महासमिति बैठक र सरकारको कामकारवाहीका बारेमा बाह्रखरीका केशव सावदले कांग्रेस उपसभापति निधिसँग गरेको कुराकानीः

नेपाली कांग्रेसको केन्द्रीय समितिमा अहिले विधानको मस्यौदामाथि छलफल भएको छ । केन्द्रीय समितिमा प्रस्तुत भएको विधानको मस्यौदा जस्ताको त्यस्तै पारित हुन्छ कि परिमार्जन गर्नुहुन्छ ? 
विधान संशोधन मस्यौदा समितिले दिएको मस्यौदा परिमार्जन भैहाल्छ नि । किनभने समिति आफैँले यो सर्वसम्मतिले मस्यौदा पार्टीमा पेस गरेको हो । तर सर्वसम्मतिले आउँदा पनि विभिन्न प्रावधानहरुमा वैकल्पिक धारणाहरु आएका छन् । त्यस कारण यसमा परिमार्जन हुन्छ नै । 

Agni Group

विधानको मस्यौदामा फरक मतहरु पनि आएका छन्, ति फरक मतअनुसार विधान तयार हुन्छ त ? 
फरक मत भनेको ‘नोट अफ डिसेन्ट’ होइन है ।  सबैभन्दा अगाडि बुझ्नु पर्ने कुरा यो छ । मिडियालाई पनि फरक मत भन्नेबित्तिकै ‘नोट अफ डिसेन्ट’ लागेको हुन सक्छ । एउटा प्रणाली निर्माण गर्नका लागि विभिन्न विचारहरु हुन्छन्, विभिन्न धारणाहरु हुन्छन् । त्यसलाई सुझावका रुपमा ग्रहण गरेर सुझावहरुलाई केन्द्रीय सदस्यहरुले सघन र व्यापक छलफल गरेर अन्तिम निर्णय जे गर्छ त्यहीअनुसार विधानको मस्यौदा परिमार्जन भएर आउँछ ।  

जिल्ला सभापतिहरुको भेलाले पदाधिकारी बढाउनुपर्ने र उनीहरुको चयन निर्वाचनबाट हुनुपर्छ भन्ने लगायतका मागहरु अघि सारेका छन् । ति मागहरु सम्बोधन हुन्छन् ? 
सबै केन्द्रीय समितिले निर्णय गर्छ । सुझावहरु हामीले धेरै ठाउँबाट पाएका छौं । सभापतिहरुबाट, महासमिति सदस्यहरुबाट, महाधिवेशन प्रतिनिधिहरुबाट, विशेषज्ञहरुबाट, जनप्रतिनिधिहरुबाट, सांसदहरुबाट, केन्द्रीय सदस्यहरुबाट, शुभेच्छुक र भ्रातृ संगठनहरुबाट धेरै ठाउँबाट सुझावहरु आएका छन् । 
सबै सुझावहरुमाथि हामीले सकारात्मक रुपमा  छलफल गर्छौं र केन्द्रीय कार्यसमितिले जे निर्णय गर्छ अन्तिम त्यही हुन्छ । 

Global Ime bank

विधानमा गुट–उपगुटको प्रभाव देखियो भन्ने कांग्रेस नेताहरुकै गुनासो छ । पार्टीको विधान निर्माणमा पनि किन गुट–उपगुटको प्रभाव ? 

कुनै प्रभाव छैन । तपाईं मिडियाकर्मीहरुका कारण बढी देखिएको हो । किनभने एउटा विषयमा थरीथरीका धारणा आएका हुन् । जस्तो संविधान लेखनका क्रममा थरीथरीको धारणा आएका थिए नि, त्यसलाई के नराम्रो प्रभाव पर्यो, गुटबन्दी भयो भन्ने ? आखिर हामी जब छलफलका लागि सुझावका लागि आमन्त्रण गर्छौं भने थरीथरीको सुझाव त आउँछ नि । थरीथरीको विचार त आउँछ नै । यसलाई पार्टीमा विवाद भयो भन्नुहुँदैन । 

दुईतिहाईको सरकारले जनआकंक्षा अनुसार काम गर्न नसकेका बेला प्रतिपक्षी दलले धर्म निर्वाह गर्न सकेन भन्ने गुनासो बढ्दै गर्दा कांग्रेस झनझन लथालिङ्ग हुनुको कारण के होला ? 
यसमा मेरो आपत्ति छ । कांग्रेसको अवस्था लथालिङ्ग छैन । कांग्रेस प्रतिपक्षमा छ । कांग्रेस हारेको छ त्यसकारण लथालिङ्ग छ भन्नु तपाईँको गलत निष्कर्ष हुन्छ । तपाईँहरु यसैमा रमाउनु हुन्छ भने रमाउनुस्, तर कांग्रेस लथालिङ्ग छैन् । कांग्रेसका ५ लाख कार्यकर्ताहरु देशभर सक्रिय छन् । र चिन्तन गरिरहेका छन्, आफ्नो संगठनलाई कसरी लोकतन्त्रको पक्षमा, संघीयताको पक्षमा, समावेशीताको पक्षमा र संविधानको पक्षमा अझै सक्रिय रुपमा प्रस्तुत गर्ने तयारीमा रहेका छन् । 

कांग्रेसले प्रतिपक्षको भूमिका त निर्वाह गर्न नसकेकै हो नि ? 

यो पनि गलत धारणा हो तपाईँको । कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गरेकै छ । प्रतिपक्षको भूमिका निर्वाह गर्नुभनेको के हो, क्यामेरा तोड्नु, कुर्सी तोड्नु, सिसा भाँच्नु, रेलिङ तोड्नु ? होइन, हामी विचारले भनिरहेका छौं । हामी ‘डे वान’ देखि भन्दै थियौं, यो कम्युनिष्ट सरकार संघीयताको विरुद्धमा हो । यो कम्युनिष्ट सरकार गणतन्त्रको विरुद्धमा छ । यो कम्युनिष्ट सरकार जनताको हितमा कुनै पनि काम गर्दैन । कम्युनिष्ट सरकार संघीय प्रणालीलाई मजबुत बनाउने पक्ष छैन । जुन हामी भन्दै थियौं । के त्यो सशक्त आवाज र सशक्त धारणा होइन र ? 

आज हामीले आफ्नो सशक्त धारणा जनताका सामु राखिरहेका छौं । हामी सरकारको निगरानी गरिरहेका छौं । र, निगरानी गर्दा हामीले सशक्त रुपमा आफ्नो निष्कर्षहरु, धारणाहरु जनताका समुन्ने उजागर गरिरहेका छौं ।  
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०७५  १७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC