site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
जमराको जुस खाने फेसन विस्तारै हराउँछ
Agni Group
Global Ime bank

जमराको जुसमा केही न केही फाइदा त हुन्छ । यो जुसमा केही भिटामिन त हुन्छ तर सबै प्रकारको भिटामिन भन्ने हुँदैन । हामी नेपालीहरुमा के धारणा छ भन्ने आयुर्वेदिक औषधीले कुनै पनि असर गदैन । तर त्यस्तो हुँदैन । कलेजोका बिरामी जन्डिस भनेर चिकित्सककोमा उपचारका लागि भन्दा पनि जडिबुटी उपचारका लागि बढी जाने गरेका छन् ।
जडिबुटी खाएपछि धेरै जनामा जन्डिस अझ बढ्ने, कलेजोकै एक प्रकारको रोग पेटमा पानी जम्ने आदि हुन्छ । आयुर्वेदिक औषधी खाएर झन् समस्या लिएर आउने हरेक दिन ओपिडीमा एक–दुई जना आउने गरेका छन् । विशेष गरेर रक्सी लामो समयसम्म सेवन गर्ने मानिसमा जन्डिस हुन सक्छ । 
रक्सीका कारण कलेजो बिग्रेर जन्डिस भएको हो । जन्डिसका दुई किसिमका बिरामी हुन्छन् । एक किसिमका बिरामीहरु जसलाई रक्सीको अत्यधिक सेवनले जन्डिस भएको हुन्छ । जन्डिसको पहिलो स्टेज छ भने रक्सी छोड्नेबित्तिकै जन्डिस निको हुन्छ । तर मानिसमा के भ्रम छ भन्ने जडिबुटीले जन्डिस ठिक भयो ।
अर्को किसिमका बिरामीमा जन्डिस हाई लेवलमा पुगेको हुन्छ । ती बिरामीहरुले जडिबुटी खाए पेटमा पानी जम्ने, अझ जन्डिस बढ्ने र खुट्टा सुनिने समस्या हुन्छ । सामान्य अवस्थाको जन्डिसका बिरामीले जडिबुटी खाँदामात्र उसलाई ठिक हुन्छ ।
मानौं, कुनै बिरामीलाई पित्तको नलीमा ढुंगा छ भने पनि जन्डिस हुन्छ । त्यो बिरामीले जडिबुटी खाएर ढुंगा निस्किन्छ त ? निस्किँदैन नि ? ढुंगा निकाल्न त अस्पताल नै जानुपर्यो नि । 
हाम्रो हिन्दू परम्परामा दसैँमा नौ दिनसम्म जमरा राखेर दशौँ दिनमा निकालेर शीरमा लगाउँछौ । नौ दिनको जमरामा सबैभन्दा बढी न्युट्रिसेस हुन्छ । अहिलेसम्म जमराको जुसले मानिसमा पर्ने प्रभावबारे कुनै अनुसन्धान भएको छैन । अहिले बेच्न राखेको जमरा कति दिनको भनेर कसले भन्न सक्छ ? दिन अनुसार फरक पर्छ । जौ, गहुँ र मकैको गुणस्तर कस्तो हो, कस्तो स्थानमा उमारिएको भनेर कसले हेर्ने ? सबैकुरा थाहा नभई मानिसहरु यसले फाइदा गर्छ भन्दै खाने गरेका छन् । स्वस्थ मानिसले खाँदा त्यसलाई कुनै असर गर्दैन किनभने उसको कलेजो, मृगाैला स्वस्थ हुन्छ । हाम्रो खानेकुरामा परेको विकार निकाल्ने कलेजो र मृगाैलाको हो  । तर जो मानिस आफैंमा बिरामी छ, उसलाई असर पर्न सक्ने हुन्छ । 
एक अनुसन्धानअनुसार जमराको जुस क्यान्सर भएको एक मुसालाई खुवाइएको थियो । मुसाको क्यान्सर कम भयो । तर मानिसमा जमराको जुससम्बन्धी कुनै अध्ययन अनुसन्धान भएको छैन । 
अत्यधिक रक्सी सेवन गरेर गम्भिर जन्डिस भएको एउटा बिरामी । उसले जडिबुटीको प्रयोग गरेको रहेछ । उसको जन्डिस निको नभई अझ बढ्दै गएर सिकिस्त अवस्थामा मकहाँ उपचारका लागि आएको रहेछ । मैलै उसलाई अस्पतालमा भर्ना गरे । भर्ना गरेर उपचार गरेको केही दिनमा उसको पेटको पानी कम भयो, जन्डिस पनि कम भयो । मैले औषधी पनि घटाइदिएँ । उसलाई घर पठाइदिएँ । उसलाई मैलै बोलाएकै समयमा ऊ फलोअपमा पनि आयो । सामान्य जन्डिसका बिरामीलाई एकदेखि तीन महिनामा बोलाउने गरेको छु । मैले उसलाई दुई महिनामा बोलाएको थिएँ । तर त्यो बिरामी १५ दिनमा नै सिकिस्त अवस्थामा आयो । मैले उसलाई भर्ना गरें । उसलाई उपचारसँगै सोध्दै गएँ, पहिलाजस्तै आयुर्वेदिक औषधी खाएको हो ? रक्सी फेरि खाएको हो ? उसले होइन भन्योे । मैले उसको रगत परीक्षण गर्न लगाएँ । 
उसको रगतको रिपोर्ट आएपछि फेरि त्यही कुरा सोधेँ । उसले भन्यो, ‘यहाँबाट डिस्चार्ज भएर घर गएपछि नियमित बिहान–बेलुका एक–एक कप जमराको जुस खाएको हो । 
त्यसको तीन दिनपछि अर्को कलेजोको बिरामी आयो । त्यो बिरामी पनि जन्डिस भएपछि जडिबुटी खाँदा ठिक हुनुको साटो अझ बढ्दै गएपछि सिकिस्त अवस्थामा अस्पताल आएको रहेछ । त्यसपछि मैलै ट्विट गरेको थिएँ– आज पनि जमरा जुस पीडित भर्ना भएका छन् । यो जमराको जुसले सबै रोग ठीक पार्छ र यसको साइड इफेक्ट छैन भनेर प्रचार गर्नेलाई केही त गर्नैपर्ने भयो । नत्र थुप्रै बिरामी सहिद हुनेवाला छन् ।
बिरामीहरुले जमराको जुस खानुभन्दा अगाडि आफूले जाँच गरिरहेका चिकित्सकलाई सोधेर मात्र खानुपर्छ । खाइरहेको औषधी छाडेर जमराको जुस खानु हुँदैन । 
कतिपय औषधी जडिबुटीबाट नै बन्ने गरेको छ । एन्टी मलेरियाको कुइनिन भन्ने औषधी जडिबुटीबाट नै बन्छ । त्यो औषधी रुखको बोक्राबाट नै बनाउने हो । तर त्यो बोक्रा चपाएर त मलेरिया निको हुने होइन नि । जमराको जुस खाएर मात्र होइन, जमराको एक्स्ट्रयाक्ट निकाल्न सक्नुपर्यो । त्यो विधि निकाल्नुपर्यो । राम्रो तरिकाले प्रयोग गरे राम्रो फाइदा हुन्छ । 
नेपाल र भारतमा सबैभन्दा बढी आयुर्वेदिक औषधीले कलेजोलाई असर गर्ने गरेको बताइन्छ । मलाई पनि एक प्रकारको जन्डिस भएको थियो । यो जन्मजात नै रोग हो । प्रत्येक जाँचमा मेरो आँखा पहेलो हुन्थ्यो । यो रोगको लक्षण बढी तनाव हुँदा बढ्ने हुन्छ । मलाई पियुस आयुर्वेदिक औषाधालयमा तीनपटक औषधी खान दिए । तर मेरो जन्डिस ठिक भएन । त्यस बेला खाएको जन्डिसको तितो अहिले पनि सम्झिँदा तितो हुन्छ । खानै दिनु नपर्ने बिरामीलाई औषधी दिएको रहेछ । 
बिना अध्ययन र अनुसन्धान नै मानिसहरु जमराको जुस खाइरहेका छन् । एक समय लौकाको जुस खाँदा विभिन्न रोग निको हुन्छ भन्ने फेशन आएको थियो । त्यस्तै जमराको जुस पनि खाने फेसन जस्तो भएको छ । मानिसहरुले विस्तारै बुझ्दै जान्छन् र यो फेसन पनि हराउँछ । 

(वीर अस्पतालका कलेजो रोग विशेषज्ञ डा. केसीसँग सञ्जिता खनालले गरेको कुराकानीमा आधारित)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०७५  १२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC