site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रधानमन्त्री दम्पतीलाई आशिर्वाद, सामाजिक सञ्जालमा तीखो टिप्पणी
Sarbottam CementSarbottam Cement

काठमाडौं । राजधानीमा हुन लागिरहेको एशिया प्यासिफिक समिटमा  युनिफिकेसन चर्चकी प्रमुख हक जा हनले प्रधानमन्त्री केपी ओली र उनकी पत्नी राधिका शाक्य सहित १५ सय उच्च पदस्थ दम्पतीलाई आइतबार आशीर्वाद दिने तयारी गरेको प्रसंगले शुक्रबार बिहानैदेखि चर्चा पाएको छ । 

समिटको आयोजक संस्थाले  कार्यक्रमको दोस्रो दिन त्यसप्रकारका आशीर्वाद दिने कार्यक्रम तय गरेको हो ।  कार्यक्रममा प्रधानमन्त्री, मन्त्री, मेयर, नेता र शिक्षकका दम्पतीलाई त्यसप्रकारको आशीर्वाद दिन लागिएको हो । पहिलो दिन शनिबार भने जलवायु परिवर्तनको सम्बोधनमा सञ्चार माध्यमको भूमिका विषयमा गोष्ठी आयोजना गरिने जनाइएको छ । कार्यक्रमका बारेमा आयोजक युनिभर्सल पिस फेडेरेसन (युपीएफ)का नेपाल शाखाका अध्यक्ष एकनाथ ढकालसँग सम्पर्क गर्दा उनको फोन उठेन । उनी निकट अर्र्का एक अधिकारीले भने कार्यक्रमको बनोट त्यस्तै भएको स्वीकारेका छन् । प्रधानमन्त्री दम्पतीले आशीर्वाद लिने विषयले सामाजिक सञ्जालमा प्रशस्तै चर्चा पाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसैबीच प्रधानमन्त्रीको प्रेस सल्लाहकार कुन्दन अर्यालले अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम भएकाले प्रधानमन्त्री उद्घाटन गर्न जाने तर यो आशिर्वादको कुरा हल्ला मात्रै भएको टिप्पणी गरे ।

पत्रकार विजयकुमारले ट्विट गर्दै भनेका छन्,‘‘चांदीको जु्त्ताले हानेर एकनाथले पशुपतिनाथलाई उनकै नगरमा दिउँसै तारा देखाउँदैछन। हुनत,आफूलाइ बेच्न सडकमा उभिएको समाजलाई लैजान जसले बोली लगाए पनि भो ।  एनजिओको ‘हरियो टिका’ थाप्न महान राष्ट्रवादी समाजका गन्यमान्य नेताजीहरु बिहानै देखि लाइन बसौ ।’’

Global Ime bank

त्यसैगरी लेखक खगेन्द्र संग्रौलाले ट्विटमा लेखेका छन्,‘‘ ए गाँठ्ठे ! पिस फेडरेशनको कुम्भ मेलामा ओली दम्पतीले चर्चको आशीर्वाद ग्रहण गर्ने रे! यो कल्याणकारी आशीर्वाद हो कि इसाई धर्मको धन्दागिरी? अनि शान्तिको मिथ्या आवरणमा जनतामाथि जोरबिजोरको यो आतङ्क के हो? के ओली राजले आतङ्कको राजको कीर्तिमान कायम गर्न खोज्या हो?’’

समिटमा भाग लिने म्यान्मारका स्टेट काउन्सिलर आङ सान सुकी र क्याम्बोडियाका प्रधानमन्त्री हुन सेन बिहीबार नै नेपाल आइसकेका छन् । अन्य अतिथीहरु भने आज शुक्रबार आउने जनाइएको छ । सो कार्यक्रमका लागि सवारी साधनको जोर बिजोर प्रणाली लागु गरिएकाले सर्बसाधारणले सास्ती पाएका छन् । 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०७५  ०८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC