site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हत्याराको सुसाइड नोट– यस्तै रहेछ जिन्दगी !
Sarbottam CementSarbottam Cement

काठमाडौं । गएको तिहारको दिन भाइटीका (२३ कात्तिक) । काठमाडौं महानगरपालिका–१६ का हिरालाल महर्जन (६२) ले श्रीमती महेश्वरी महर्जन (५२) सहित छोराहरुसँगै बिहानको खाना खाए । हिरालालको घरमा तिहारको टीका थिएन यसपालि । खाना खाएपछि हिरालालले घरमा रहेका दुई छोरालाई कतै घुम्न मन भए जाऊ भन्दै पठाए । एक छोरा सिनेमा हेर्न गए भने अर्को छोरा साथीसँग घुम्न निस्के । 

घुम्न र सिनेमा हेर्न निस्किएका छोराहरु साँझ ६ बजेतिर घर फर्किए । घरको भित्रि गेटमा ताला लागेको थियो । उनीहरुले आमाबुबालाई फोन गर्न थाले । दुवै नम्बरमा फोन गयो, तर रिसिभ भएन । गेटको भित्रपट्टि साँचो देखियो । लाठीले साँचो तानेर ढोका खोले । एउटा कोठा लक थियो । ढोकाको ताल्चा फोडे । बाथरुममा गएर हेर्दा महेश्वरी भुइँमा लडेकी थिइन् । टाउकोबाट रगत बगेको थियो । हतार–हतार छोराहरुले आमालाई अस्पताल त पुर्याए तर त्यतिबेला उनको मृत्यु भइसकेको थियो । 

त्यही दिन साँझ ७ बजेतिर महानगरीय प्रहरी वृत्त लैनचौरका डिएसपी गौतम केसीलाई घटनाबारे जानकारी आयो । केसी नयाँबजारमा रहेको हिरालालको घरमा पुग्छन् । उनको नजर हिरालालको घरमा जडित सीसीटिभी क्यामेरामा पर्यो । प्रहरीले सीसीटिभी फुटेज केलायो । सीसीटीभी फुटेज हेर्दा घरमा महेश्वरी र उनका श्रीमान् हिरालाल महर्जनमात्रै देखिन्छन् । भिडियोमा हिरालाल र उनकी श्रीमती भर्याङमा तलमाथि गरेको देखिन्छ । बिहान ११ बजेर ३८ मिनेटदेखि ११ बजेर ४४ मिनेटसम्म हिरालाल र महेश्वरी क्यामेरामा देखिँदैनन् । त्यही समयमा हिरालालले श्रीमती महेश्वरीको बाथरुममा हत्या गरेको प्रहरीको निष्कर्ष छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सीसीटीभी फुटेज

सीसीटीभी फुटेजअनुसार महेश्वरीको हत्यापछि हिरालाल माथिल्लो तलमा पुग्छन् । हातमा एक पोको ल्याउँछन् र फेरि कोठाभित्र पस्छन् । रगतले लतपतिएको पाइन्ट फेर्छन् । ढोकाबाहिर रहेको चप्पल लगाउँछन् र हतारहतारमा निस्किन्छन् । कात्तिक २३ गते घरबाट निस्किएका हिरालाल त्यसयता भेटिएनन् । छोराले आफ्नै बाउको नाममा किटानी जाहेरी दिए ।

Global Ime bank

कात्तिक २३ गते श्रीमतीको हत्या गरी घरबाट निस्किएका हिरालाल बुधबार दक्षिणकाली नगरपालिका–१ मा पर्ने हात्तीवन जंगलमा मृत अवस्थामा फेला परे । प्रहरी अनुसन्धानबाट उनको मृत्यु २–३ दिनअघि भएको देखिन्छ । घटनास्थलको प्रकृति हेर्दा उनले झुण्डिएर मर्ने प्रयास गरेको देखिएको प्रहरी वृत्त लैनचौरका डीएसपी गौतम केसीले बताए । उनका अनुसार घटनास्थलबाट ‘उर्वान’ नामको किटनाशक औषधीको बोतल पनि बरामद भएको छ । बोतलमा थोरै मात्रामा औषधी बचेको थियो । घटनास्थलबाट हिरालालले आफैंले लेखेको ‘सुसाइड’ नोट पनि फेला परेको छ । 

‘यस्तै रहेछ जिन्दगी’
हिरालालले आत्महत्या गर्नुअघि लेखेको ‘सुसाइड नोट’ एक रुखमा टाँसिएको थियो । जहाँ लेखिएको थियो, ‘‘मैले दशैंकै दिन श्रीमतीलाई मार्न खोजेको थिएँ । किन दशैं बिगार्ने भनेर सहेर बसें । मेरो छोराहरुलाई केही थाहा छैन । मैले आफैंले विख खाएको हुँ । यस्तै रहेछ जिन्दगी ।”

छोराहरुले किटानी जाहेरी दिएपछि हिरालालका नाममा अदालतबाट पक्राउ पूर्जी जारी भएको थियो । उनी पक्राउ परेको भए मुद्दा चल्ने अवस्था थियो । वृत्त लैनचौरका डीएसपी केसी भन्छन्, ‘‘अपराधसँगै अपराधीको पनि मृत्यु भयो । अदालतबाट यो मुद्दा क्लोज होला अब । हत्या गर्ने हिरालाल आफैंले आत्महत्या गरेकाले यो मुद्दामा अरुलाई सजाय हुने कुरा आउँदैन ।’’

महेश्वरीको हत्यापछि प्रहरीले सक्रियता बढाएको थियो । तर बिहान ११ बजेतिर हत्या गरेर हिरालाल तत्काल फरार भइसकेका थिए । उनले आफूले प्रयोग गर्ने सबै मोबाइल घरमै छाडेका थिए । डीएसपी केसी भन्छन्, ‘‘हिरालालले आफ्नो मोबाइलबाट सबै सम्पर्क नम्बर, तस्बिर, कल लग, म्यासेज सबै मेटाइदिएका थिए ।’’

डीएसपी केसी घटना भएकै समयमा जानकारी पाएको भए त्यही दिन हिरालाल समातिने सम्भावना रहेको बताउँछन् । ‘‘यो बीचमा हामीले काठमाडौंका १६ वटा स्थानमा रहेका सीसीटिभी क्यामेराको फुटेज हेर्यौं । काठमाडौंका नाकासहित ७७ वटै जिल्लामा हिरालालको बारेमा पत्राचार गर्यौं । हिरालाल आउने–जाने सम्भावित सबै स्थानमा छापा पनि मार्यौं । यहाँसम्म कि भारतमा समेत खोजी सुरु गरेका थियौं,’’ डीएसपी केसीले भने । 

प्रहरीले नियमित रुपमा खोजी कार्य जारी राख्दै गर्दा हिरालालको बारेमा सूचना प्राप्त हुन नसकेपछि ‘इन्टरपोल’ र गुगलको कार्यालयलाई समेत पत्र लेख्ने तयारी भएको डिएसपी केसी बताउँछन् । ‘‘सबैतिर खोजी गरेपछि हामीले जंगलतिर खोज्ने अभियान सुरु गरेका थियौं । नभन्दै उनी जंगलमै मृत अवस्थामा भेटिए,’’ केसीले भने । आफ्नै घरमा रहेको सीसीटिभी क्यामेराको फुटेजका आधारमा प्रहरीले महेश्वरीको हत्यामा हिरालालकै संग्लनता पुष्टि गरिसकेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०७५  ०७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC