site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
किन कमजोर हुन्छ नेपाली चलचित्रको दोस्रो हाफ ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । चलचित्र ‘सुश्री सम्पत्ति’का ५ सिन सुटिङ सेटमै लेखिएको बताइएको छ । छयांकनका क्रममा तयार स्क्रिप्टमा परिवर्तन गर्न सके अझै राम्रो चलचित्र बन्ने देखिएपछि त्यहीँ चलचित्रका नयाँ ५ वटा सिन लेखिएको हो । 

“स्क्रिप्टमा लामो समय दिएर काम गर्न पाए चलचित्र अवश्य पनि राम्रो बन्छ, तर हाम्रोमा स्क्रिप्टमा पर्याप्त समय दिनसक्ने अवास्था अझै बनिससकेको छैन,” ‘सुश्री सम्पत्ति’का निर्देशक सुव्रत आचार्यले पत्रकारहरुसँग भने, “दिनभरी छयांकन गरिन्थ्यो साँझ होटलमा बसेर म अन्तिमका नयाँ सिन लेख्थेँ । तर यो कुरा कसैलाई पनि जानकारी दिन्न थिएँ ।”

Agni Group

नेपाली चलचित्रको दोस्रो हाफ तुलनात्मक रुपमा पहिलो हाफको तुलनामा कमजोर हुने गरेको उनी बताउँछन् । “पहिलो हाफ सरसर बगेको हुन्छ तर त्यही चलचित्रको दोस्रो भाग जबरजस्ती हुन्छ । कथा र स्क्रिप्टमा पर्याप्त मेहनत गर्न नपाएर हो,” निर्देशक आचार्यले भने, “तर सुश्री सम्पत्तिमा यो कमजोरी छोडिएको छैन । यही कुरा हेर्दै र लेख्दै आएकाले पनि यो कुरा मैले मेरो चलचित्रमा नहोस् भनेर सुटिङमै पनि ५ वटा सिन लेखेको हुँ ।” सुव्रत करिब दुई दशक रङ्ग पत्रकारितापछि पूर्णकालीन निर्देशनमा तानिएका हुन् ।  

चलचित्र ‘सुश्री सम्पत्ति’ पोखरामा छायांकन गरिएको हो । कमेडी जानराको चलचित्रमा सलोन बस्नेत, सारा सिरपाइली, प्रमोद अग्रहरी र विनोद न्यौपाने मुख्य भूमिकामा छन् । चलचित्र मंसिर २८ गतेर रिलिज हुँदैछ । 

Global Ime bank

आचार्यले यस अगाडि पनि कमेडी जानराकै चलचित्र    ‘अधकट्टी’ निर्देशन गरेका थिए । 

सलोन बस्नेत चलचित्र ‘सुश्री सम्पत्ति’लाई कन्टेन्ट कमेडी चलचित्र भन्न रुचाउँछन् । “कमेडी मात्रै छैन यो चलचित्रमा सँगै सामाजिक कथा पनि छ, यसलाई सोसल कन्टेन्ड कमेडी चलचित्र भन्दा उपयुक्त हुन्छ ।” 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०७५  १७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC