site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
प्रधानसेनापति कपको उपाधि चौथोपटक एपीएफलाई
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दैं एपिएफले लगातार चौथो पटक प्रधान सेनापति अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । निर्धारित र थपिएको अतिरिक्त समयमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो । जसमा आर्मीकी कप्तान कृष्णा खत्री र इन्दिरा राई गोल गर्न चुक्दा एपिएफ लगातार चौथो पटक प्रधान सेनापति कपको उपाधि जित्न सफल भयो । 
कप्तान खत्रीको प्रहार एपिएफकी गोलरक्षक एन्जीला तुम्बापोले रोकिएकी थिइन् भने इन्दीरा राईको प्रहार बाहिरिएको थियो । निशा बोहरा र गोलरक्षक अन्जना राना मगरको प्रहार गोलमा परिणत भएको थियो । एपिएफकी सावित्रा भण्डारी, रेनुका नगरकोटी, अनिता बस्नेत र कप्तान अनु लामाले गोल गरेकी थिइन् भने गिता रानामगरको प्रहार बाहिरिएको थियो । भद्रकालिस्थित सेनाको मैदानमा यसअघि खेलको ४१ औ मिनेटमा अनिता बस्नेतको गोलबाट एपिएफले अग्रता लिएको थियो । 
रेनुका नगरकोटीको पासमा अनिताले गरेको प्रहार आर्मीकी गोलरक्षक अन्जना रानामगरको हातबाट फुत्किँदै गोलमा परिणत भएको थियो । दोस्रो हाफमा फरक रणनीतिसहित मैदान प्रवेश गरेको आर्मीले ६१ औं मिनेटमा बराबरी गोल फर्काएको थियो । एपिएफकी गोलरक्षक अन्जिला तुम्बापोको गल्तीमा विमला चौधरीले गोल गरेकी थिइन् । त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन । निर्धारित र थपिएको २० मिनेटमा समेत गोल नहुँदा खेल टाइब्रेकरमा गएको थियो । जसमा एपिएफ बाजी मार्न सफल भयो । जीतसँगै एपिएफले ३ लाख रुपैयाँसहित ट्रफी पुरस्कार पाएको छ । उपविजेता बनेको आयोजक नेपाली सेनाको त्रिभुवन आर्मीले १ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ । सेमिफाइनल पुगेका नेपाल पुलिस क्लब र प्रदेश नम्बर दुईले ५०–५० हजार पुरस्कार पाएका छन् । 
प्रतियोगितामा उत्कृष्ट गोलरक्षक एपिएफकी एन्जिला तुम्बापो, उत्कृष्ट फर्वाड एपिएफकी सावित्रा भण्डारी र उत्कृष्ट प्रशिक्षक एपिएफका जनक सिंह थारु भए । आर्मीकी सुनिता चौधरी उत्कृष्ट डिफेन्डर हुँदा विमला चौधरी उत्कृष्ट मिडफिल्डर घोषित भइन् । सर्वोत्कृष्ट खेलाडी भएकी आर्मीकी पुनम मगरले स्कुटर पुरस्कार पाइन् । प्रतियोगिताका विजेतालाई प्रधानसेनापति पुर्णचन्द्र थापाले पुरस्कार वितरण गरे । 
मंसिर ५ गतेबाट सुरु भएको प्रतियोगितामा ३ विभागिय क्लब, ७ प्रदेशका टोली र दुई भारतीय गरी १२ टोली सहभागि भएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०७५  १६:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC