site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रहरीको ‘हिट लिस्ट’मा रहेका विप्लव सुटुक्क काठमाडौंमा, सीमित व्यक्तिसँग गोप्य भेटघाट
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेका नेकपामा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सुटुक्क काठमाडौं आएको खुलासा भएको छ । यही मंसिर ८ गते तत्कालीन नेकपा माओवादीको लडाकु पूर्व जनमुक्ति सेना दिवसको अवसरमा आयोजना गरिएको शक्ति प्रदर्शनका क्रममा विप्लव काठमाडौं छिरेका हुन् ।

शनिबार विप्लव नेतृत्वको नेकपाले काठमाडौंको भृकृटीमण्डपमा बृहत् जनसभा आयोजना गरेको थियो । पछिल्लो डेढ वर्षयता विप्लवको पार्टीले काठमाडौंमा गरेको जनसभामा झण्डै १० हजार बढीको उपस्थिति रहेको सुरक्षा निकायको अनुमान छ । स्रोतका अनुसार विप्लव जनसभामा भने सहभागी भएनन् । त्यसअघि विप्लव गोप्य रुपमा सहभागीको रुपमा जनतासँगै सभामा दर्शकका रुपमा सहभागी हुने चर्चा चलेको थियो । तर, विप्लवले काठमाडौंमै एकजना कार्यकर्ताको घरमा बसेर जनसभा हेरेको एक नेताले बताए । ‘‘उहाँ (विप्लव)

मंसिर ७ गते काठमाडौं आउनुभएको हो । ९ गते साँझ काठमाडौंबाट बाहिरिनुभयो,’’ ती नेताले भने । काठमाडौंमा रहँदा विप्लवले सीमित नेता–कार्यकर्तालाई मात्र भेटेका थिए । 
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले विप्लव काठमाडौंको छेउछाउमा आएको सूचना आएको बताए । ‘‘कार्यक्रममै त होइन, छेउछाउमा आए भन्ने सूचना थियो,’’ एसएसपी लामाले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

आन्तरिक सुरक्षामा चुनौती बन्दै गइरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंसिर ८ गते काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो । देशभरबाट कार्यकर्ता काठमाडौं उतारेको नेकपाको कार्यक्रमलाई पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लगायत नेताहरुले सम्बोधन गरेका थिए । विप्लव प्रहरीको ‘हिट लिस्ट’मा छन् । उनीमाथि निर्वाचनको समयमा विष्फोट गराएको आरोप छ । झण्डै २ वर्षदेखि विप्लव अर्धभूमिगत अवस्थामा छन् ।

उनी औपचारिक रुपमा कुनै पनि कार्यक्रममा देखिएका छैनन् । विप्लवलाई १२ जना पूर्व जनमुक्ति सेनाले सुरक्षा दिँदै आएको स्रोतको दाबी छ । विप्लवलाई पक्राउ गर्न भोजपुर जिल्ला अदालतले गत पुस ९ गते ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ मुद्दाको कसुरमा पक्राउ गरेर अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । भोजपुर अदालतले उनको नाममा वारेन्ट जारी गरेको छ । 

Global Ime bank

प्रहरी प्रवक्ता एसएसपी उत्तमकुमार सुवेदी प्रहरीले कानुनविपरीत गतिविधिमा संलग्न जोकोहीलाई पनि पक्राउ गर्ने बताउँछन् । नेकपाका नेता–कार्यकर्ताविरुद्ध विभिन्न जिल्लामा मुद्दा छन् । पछिल्लो समय सरकारले नेकपासँग वार्ताको प्रयास गरेपनि ठोस सहमति भने हुन सकेको छैन । गत साउन २२ मा ७ करोड चन्दा संकलनको आरोपमा नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा पक्राउ परेका थिए । प्रहरी प्रवक्ता सुवेदीले भने, ‘‘ऐनकानुन विपरित गतिविधि गर्ने जोकोही भए पनि प्रहरीले कानुनको दायरामा ल्याउँछ, त्यसैअनुरुप नेकपाका नेता–कार्यकर्ता प्रहरी निगरानीमा छन् ।’’ 

संविधान खारेजीको मागसहित सशस्त्र क्रान्तिको नारा दिएर अर्धभूमिगत राजनीति गरिरहेको नेकपाका नेता विप्लव पछिल्लो समय भारतमा बस्ने गरेको निष्कर्ष सुरक्षा संयन्त्रको छ । उच्च सुरक्षा स्रोत भन्छ, ‘‘विप्लवको अधिकांश बसाइ भारतमा हुने गरेको भए पनि पार्टीका कतिपय गोप्य कार्यक्रम, बैठक, प्रशिक्षणका लागि उनी नेपाल आएको देखिन्छ ।’’

तत्कालीन समयमा माओवादीले सञ्चालन गरेको युद्धको समयमा पनि शीर्ष नेताहरु भारतमै गोप्य रुपमा बस्दै आएका थिए । नेपालमा रहँदा सूचना प्रविधिका कारण सुरक्षा निकायले विप्लवका सबै गतिविधिमा निगरानी राख्न सक्ने भएकाले उनी भारत गएका हुन् । तर नेपालमा आएको बेला उनले आफ्ना सुरक्षा सहयोगीको नम्बर प्रयोग गर्ने गरेको सुरक्षा स्रोतको दाबी छ । विप्लव अर्धभूमिगत रहँदा नेताहरु धर्मेन्द्र बास्तोला, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, ओमप्रकाश पुन, सन्तोष बूढामगरलगायत नेताहरु भने नेपालमा संगठन विस्तारमा सक्रिय छन् ।

फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०७५  १३:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC