site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

तराई र पहाडबीच अन्योन्याश्रित सम्बन्ध रहेको पुष्टि गर्दै बर्दियाको राजापुर नगरपालिकाका प्रतिनिधि साझा हितका विषयमा छलफल गर्न कालीकोट पुग्नु नेपालको भौगोलिक यथार्थ आत्मसात गर्नु हो ।  राजापुर र मान्मलाई कर्णाली नदीले जोडेको छ । कर्णालीको शिरतिर पहिरो गयो भने राजापुरमा बाढी पस्छ । राजापुरमा बाढी आउँदा वा खडेरी पर्दा मान्ममा अनिकाल लाग्छ । अर्थात्, राजापुर कालीकोटको सुखदुःख एक अर्कामा निर्भर छ । यो यथार्थ राजापुर नगरपालिकाका प्रतिनिधिले बुझेको देखियो । उनीहरूले कालीकोट पुगेर नरहरिनाथ गाउँपालिका जनप्रतिनिधिसँग मूलतः पानीका कारण उत्पन्न भएका समस्यामा छलफल गरेकाछन् । राजापुरका बासिन्दाका लागि कर्णालीमा आउने बाढी सबैभन्दा चुनौतीपूर्ण समस्या हो । कर्णाली जलाधार क्षेत्रका अरू बासिन्दाको सहयोगबाट मात्र राजापुरको दुःख अन्त्य हुन्छ भन्ने वास्तविकता त्यहाँका जनप्रतिनिधिले बुझेको देखियो ।

नेपाललाई भूगोलले नै भिन्न भएर पनि अन्योन्याश्रित बनाएको छ । हिमाल, पहाड र तराई कुनै क्षेत्र पनि एक्लै अडिन र अगाडि बढ्न सक्तैन । सबै ठूला नदी हिमाली भेगबाट सुरु भएर पहाड हुँदै तराई पुग्छन् । यिनै नदीले तीनै भौगोलिक क्षेत्रलाई जोडेका छन् । नदीहरूसमेतको कारणले भौगोलिक विविधतामा अनुपम भएर पनि सबै भूभाग एउटै शृंखलाका कडीका रूपमा रहेका हुन् । नेपाली भूगोलको यो विशेषता संसारका अरू मुलुकमा बिरलै भेटिएला । यसले नेपाली जनजीवनलाई पनि एक अर्कासँग जोडेको छ र प्रकृतिमा बढी नै निर्भर बनाएको छ । नेपालका नीति निर्माताले भने नेपालको जनजीवन र भूगोलबीचको जेलिएको सम्बन्धको यथार्थ बुझेको देखिएको थिएन । तर, कर्णाली जलाधार क्षेत्रका बासिन्दाले तराई र पहाडी जनजीवनको यो अन्योन्याश्रित सम्बन्ध बुझेको देखियो ।

राजापुरे अग्रसरताले तराईका अरू क्षेत्रका प्रतिनिधिहरूको पनि आँखा खुलेको हुनुपर्छ । विशेषगरी चुरे विनाशका कारण प्रतिवर्ष बाढी र खडेरीको मारमा पर्न पुगेका २ नम्बर प्रदेशका जनप्रतिनिधिहरूले राजापुरेको अग्रसरतालाई गम्भीरतापूर्वक लिनुपर्ने देखिन्छ । उनीहरू अहिले पहाड वा हिमालमा पुग्नु पर्दैन । चुरेभावर क्षेत्रका जनतासँग साझा भविष्यका बारेमा छलफल गर्नुपर्छ । चुरे दोहनमा राजनीतिक दलका नेताको संलग्नता र संरक्षण छ । जनप्रतिनिधिहरू जनताप्रति इमानदार हुने हो भने त्यस्तो दोहनको चक्र र गिरोहविरुद्ध साझा संघर्ष गर्न हिचकिचाउनु हुँदैन । यो बुद्धिमत्तापूर्ण अग्रसरतालाई प्रादेशिक र संघीय सरकारले हौसला दिनुपर्छ । नेपालको विकास र समृद्धि भूगोल र जनजीवनको अन्योन्याश्रित सम्बन्धसँग जोडिएको यथार्थ आत्मसात् गरी संघीय सरकारले प्रदेशहरूबीचको सहकार्य विशेषगरी प्रदेश नम्बर २ लाई प्रदेश नम्बर १ र ३ का पहाडी जिल्लासँग सहकार्य गर्न प्रेरित गर्नुपर्छ । प्रदेश नम्बर २ को सरकारले तराईको जीवनस्तर उकास्न वातावरणीय क्षति कम गर्ने, गरिबी कम गर्ने र समानता बढाउने न्यायपूर्ण कार्यक्रममा बढी ध्यान दिनुपर्छ । सराहनीय अग्रसरताका लागि राजापुरेहरू बधाईका पात्र छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०७५  १४:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC