site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
फर्गुसनले छोडेपछि गोलका लागि संघर्ष गर्दै युनाइटेड
Ghorahi CementGhorahi Cement

एजेन्सी । त्यतिबेला ओल्ड ट्राफोर्डको टोली नेतृत्वका लागि सर एलेक्स फर्गुसन थिए । म्यानचेस्टर युनाइटेड प्रिमियर लिगमा सबैभन्दा धेरै मनोरञ्जन दिने टोलीका रुपमा परिचित थियो । २६ वर्ष निरन्तर प्रिमियर लिगको महारथीलाई नेतृत्व प्रदान गर्दा स्कटिस प्रशिक्षक फर्गुसनले अग्रपंक्तिमा केही उत्कृष्ट खेलाडीलाई विश्वसामु परिचय दिलाए । गोल गर्न माहिर इरिक क्यान्टोना, रुड भान निस्टेलरोए, क्रिष्टियानो रोनाल्डोजस्ता खेलाडीले ओल्ड ट्राफोर्डको घाँसमा बुट धसेका छन् ।

स्ट्रेटफोर्ड इन्डबाट आएर खेलको महत्वपूर्ण अन्तिम मिनेटमा गोल गर्दै रेड डेभिल्सलाई तीन अंक दिलाउने त्यो दृश्य साँच्चिकै दर्शनीय हुने गथ्र्याे । खेलको त्यही महत्वपूर्ण अन्तिम समय ‘फर्गी टाइम’ का रुपमा पनि परिचित छ । 

ती सबै अहिले एकादेशका कथाजस्तै भइसकेका छन् । फर्गुसनले २०१३ मा पद छाडेपछि युनाइेटडको अग्रपंक्ति गोलका लागि संघर्ष गरिरहेको छ । ‘अट्याक, अट्याक, अट्याक’ मा रमाएर गुञ्जायमान हुने ओल्ड ट्राफोर्ड अहिले त्यो साख कहिले फर्कन्छ भनेर कुरिरहेको छ । 

Agni Group

शनिबार क्रिष्टल प्यालेसविरुद्ध युनाइटेडले गोलरहित बराबरी खेल्यो । जुन प्रिमियर लिगको २६ सिजनमा युनाइटेडको ६५औं गोलरहित बराबरी हो । तर रोमाञ्चक कुरा के हो भने, त्यसमध्ये २० (३१ प्रतिशत) गोलरहित बराबरी फर्गुसनले २०१३ मा प्रशिक्षकबाट सन्यास लिएपछि भएका हुन् । जुन प्रिमियर लिगका मुख्य ६ प्रतिद्वन्द्वीभन्दा ६ खेलले बढी हो । 

२०१३–०१४ को सिजन ठूला ६ क्लबले खेलेको गोलरहित बराबरी
युनाइटेड               २०
चेल्सी                    १४
लिभरपुल                १४
आर्सनल                  १२
म्यानचेस्टर सिटी        १२
टोटेनह्याम                १०

Global Ime bank

यसबीचमा युनाइटेडलाई तीन प्रशिक्षक डेभिड मोयज, लुइस भान हाल र जोजे माउरिन्होले प्रशिक्षण दिइसकेका छन् । तर यी तीनै प्रशिक्षकले फर्गुसनको गोल गर्ने औसत तोड्न सकेका छैनन् । माउरिन्होको प्रति खेल गोल संख्या १.६ छ, जुन भान हालको भन्दा धेरै हो । दुई वर्ष ओल्ड ट्राफोर्डमा बिताउँदा भान हालको औसत १.४६ गोल थियो ।

प्रिमियर लिगमा युनाइटेडको प्रतिखेल गोल संख्या
प्रशिक्षक            खेल संख्या     गोल        प्रतिखेल गोल संख्या

सर एलेक्स फर्गुसन      ८१०        १६२७         २.०१
डेभिड मोयज             ३४          ५६            १.६५
जोजे माउरिन्हो          ८९          १४२            १.६०
लुइस भान हाल          ७६        १११            १.४६

जारी सिजन फ्रान्सका फर्गुसनले मात्र युनाइटेडबाट प्रभाव छाड्न सफल भएका छन् । उनले यस सिजन ६ गोल गरिसकेका छन् । त्यसबाहेक अन्य खेलाडी गोलका लागि संघर्ष गरिरहेका छन् । गोल्डेन बुट त परको कुरा भयो ।

गत सिजन प्रिमियर लिगमा मोहम्मद सालाह र ह्यारी केनबीच गोल्डेन बुटका लागि प्रतिस्पर्धा भएको थियो । ३२ गोल गरेका मोहम्मद सालाहले गोल्डेन बुट आफ्नो पोल्टामा पार्दा केन दुई तथा म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अग्विरो ९ गोलले पछाडि परे ।

गोल्डेन बुटका लागि यो सिजन अझ बढी प्रतिस्पर्धा हुने संकेत देखिएको छ । ६ खेलाडीले समान ७ गोल गरेका छन् भने आर्सनलका पिइरे–इमिरिक औबमेयाङ र सिटीका सर्जियो अग्विरोले समान ८–८ गोल गरेका छन् । गत सिजन यहीबेला सालाह १० गोलसहित शीर्ष स्थानमा थिए ।

२०१८–०१९ को सिजन प्रिमियर लिगमा धेरै गोल गर्ने खेलाडी   
खेलाडी                गोल        असिस्ट        गोल प्रति मिनेट

सर्जियो अग्विरो          ८           ४               १२१
पिइरे–इमिरिक          ८           १               ११८
रहिम स्टर्लिङ           ७           ६              १३४
इडेन हाजार्ड             ७           ४             १२५    
मोहम्मद सालाह         ७           ३             १६०
ह्यारी केन                  ७           १            १६६
एलेक्जेन्डर मित्रोभिच   ७           १            १६७
ग्लेन मर्रे                   ७           ०             १४२            
        
    

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०७५  १३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC