site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
संकटाको अपराजित यात्रा रोक्छौं : प्रशिक्षक न्यौपाने
Sarbottam CementSarbottam Cement

काठमाडौं । ‘ए’ डिभिजन लिगमा आफुलाई उपाधि दाबेदार मानेको विभागीय टिम त्रिभुुवन आर्मी क्लबका प्रशिक्षक नविन न्यौपानेले सोमबार संकटा क्लबको अपराजित यात्रामा पूर्णविराम लगाउने बनाएका छन् । 

टिममा ठुला नाम भएका खेलाडी नभए पनि अनपेक्षीत नतिजा निकालेको संकटा लिगको दोस्रो स्थानमा छ । सतप्रतिशत नतिजा निकाल्न सफल संकटाले सोमबार एन्फा मुख्यालयको मैदानमा त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

“संकटाविरुद्ध हामी सतप्रतिशत दिएर खेल्नेछौं । संकटा बलियो टोलीको रुपमा देखिए पनि सोमबार हामी तीन अंक लिनेछौं,” आर्मी क्लबका प्रशिक्षक न्यौपानेले भने “हामीले अझै आफ्नो वास्तविक लय समाउन सकेका छैनौं । अघिल्ला खेलमा केही समय टोली लय देखिए पनि पूरा ९० मिनेट कायम राख्न सकेका छैनौं । तर, हामी राम्रो गर्नेछौं ।”

राष्ट्रिय टोलीका स्टार खेलाडी भरत खवास, नवयुग श्रेष्ठ जस्ता खेलाडीले आर्मीको अग्रपंक्ति सम्हाले पनि आशातित गोल निकाल्न नसकेको प्रशिक्षक न्यौपानेले स्वीकारे । “स्टार खेलाडी भए पनि अपेक्षाअनुुरुप गोल गर्न सकेका छैनौं । गोलका अवसर सिर्जना भए पनि त्यसलाई फिनिसिङ गर्न सकेका छैनौं,” सोमबार नवयुग, जर्ज प्रिन्स कार्की र रक्षक सुमन अर्याल टोलीमा हुने छैनन् । त्यसबारे आर्मीका प्रशिक्षक न्यौपानेले भने, “उनीहरुको स्थानमा आउने खेलाडी पनि राम्रो छन् ।”

Global Ime bank

नवयुुग श्रेष्ठ घाइते छन् भने सुमन अर्यालले दुुई पहेलो कार्ड पाएका छन् । सेकेन्ड लेफ्टिनेन्ट भएका कारण जर्ज प्रिन्स आगामी खेलमा हुनेछैनन् । पहिलो खेलमा एनआरटीसँग २–२ को बराबरी खेलेको त्रिभुवन आमीले दोस्रो खेलमा च्यासलसँग १–० को संघर्षपूर्ण नतिजा निकालेको थियो । आर्मीले तेस्रो खेलमा पुलिस क्लबलाई १–० ले हराएको थियो ।

समान ९ अंक जोडेको मनाङ मस्र्याङदी र संकटा क्लब क्रमशः पहिलो र दोस्रो स्थानमा रहँदा समान ७ अंक जोडेको हिमालयन शेर्पा र त्रिभुवन आर्मी क्लब तस्रो र चौथो स्थानमा छ । तेस्रो खेलमा मनाङसँग २–१ ले पराजित थ्री स्टार ६ अंकका साथ चौथो स्थानमा छ ।

पहिलो खेलमा सरस्वती युथ क्लबलाई १–० हराएको संकटाले दोस्रो खेलमा जावलाखेल युथ क्लबमाथि २–० को नतिजा निकालेको थियो । लगातार तेस्रो जित निकाल्नेक्रममा संकटाले मछिन्द्र क्लबलाई २–० हरायो । संकटाका प्रशिक्षक सल्यान खड्गीले तीन खेलसम्मको पराजित यात्रालाई सोमबार पनि कायम राख्ने बताएका छन् । 

“आर्मीविरुद्ध खेल्नका लागि हामी तयार छौं । हाम्रो तयारी पनि राम्रो छ । हाम्रो लक्ष्य शीर्ष पाँचमा रहने हो । त्यसैअनुसार अघि बढीरहेका छौं । हाम्रा लागि अबका सबै खेल चुुनौतीपूर्ण छ,” संकटाका प्रशिक्षक खड्गीले भने, “आर्मीमा केही खेलाडी नभए पनि हामीलाई फाइदा हुुन्छ नै भन्ने छैन । सबै टिमा सबै खलाडीको विकप्ल हुन्छ । त्यसैले आर्मीसँग पनि अरु विकल्प छन् ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०७५  ०८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC