site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

यस वर्षको विवाह पञ्चमी महोत्सवमा भारतको उत्तरप्रदेश राज्यका विवादास्पद छविका मुख्यमन्त्री योगी आदित्यनाथ प्रमुख अतिथिका रूपमा आउने प्रचारले देशभित्र विवाद सिर्जना गरेको छ । नेपाल सरकार र प्रदेश नम्बर २ को सरकारले आदित्यनाथलाई निम्ता नगरेको बताएका छन् तर, मुख्यमन्त्री योगीको यात्राप्रति असहमति जनाउँदै प्रमुख विपक्षी दलका एक जना नेताले भने आपत्ति जनाइसकेका छन् । हामीले बोलाएको छैन वा हामीलाई थाहा छैन भनेर सरकारहरू पन्छिन खोजे पनि भारतीय सञ्चार माध्यम र जनकपुरको खबरले भारतको उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ विवाह पञ्चमीमा आउन लागेका छन् भन्ने नै देखिन्छ । विवाह पञ्चमीमा आयोजना गरिने सांस्कृतिक महत्त्वको पावन अवसरलाई विवादमा पर्नु निश्चय पनि दुःखको विषय हो ।

योगी आदित्यनाथको भ्रमणको तालमेल रकमी शैलीमा मिलाइएको देखिन्छ । पहिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई विवाह पञ्चमीको समारोहमा सामेल हुन निम्ता गरियो वा मोदीले आउने चाहना प्रकट गरे भन्ने प्रचार गरिएको थियो । भारतीय र नेपाली सञ्चार माध्यममा त्यसको चर्चा पनि भयो । नेपालभित्रै पनि मोदीको उपस्थितिको पनि विरोध गरियो । भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले त कूटनीतिक माध्यमबाटै मोदीले नेपाल भ्रमणलाई दलगत स्वार्थमा प्रयोग गरिरहेको उदारहण दिएर नेपालको ध्यानाकर्षण गरेको समाचार सार्वजनिक भयो । सायद, यस्तै कारणले मोदी नआउने भए । त्यसपछि हिन्दु कट्टरपन्थी योगी आदित्यनाथलाई प्रमुख अतिथि बनाएर जनकपुर पठाउने तारतम्य मिलाइयो । अर्थात्, उनलाई आफूले निम्ता गरेको हैन भनेर नेपालको संघीय र प्रदेश सरकार पन्छन पनि पाउने तर मोदीको प्रतिनिधित्व गरेकाले उनको स्वागत पनि हुने प्रपञ्च रचिएयो ।  

Agni Group

रामको जन्मभूमि अयोध्या उत्तरप्रदेशमा पर्छ । योगी आदित्यनाथ उत्तरप्रदेशका मुख्यमन्त्री हुन् । यसैले त्यहाँका मुख्यमन्त्री विवाह पञ्चमीमा जन्ती भएर जनकपुर आउनु आपत्तिको विषय नहुनुपर्ने हो । तर, गणतन्त्र र धर्मनिरपेक्षताजस्ता नेपालको संविधानका आधारभूत पक्षमै विमति राख्ने विदेशीलाई सरकारी वा अन्य कुनै पनि तहबाट सार्वजनिक स्वागत गर्नु आपत्तिको विषय हो । योगी आदित्यनाथले पूर्वराजा ज्ञानेन्द्र शाहलाई बोलाएर स्वागतसत्कार गरी त्यसलाई सार्वजनिक पनि गरिसकेका छन् । उनको छवि भारतमै पनि निकै विवादास्पद छ । यसैले योगी आदित्यनाथ नेपालका लागि अस्वीकार्य व्यक्तित्व हुन् । यस्तो व्यक्तिलाई जनकपुर ल्याउन नेपाल सरकारको कुन तहको संलग्नता छ सार्वजनिक गरिएको छैन तर सरकारको जानकारी र सहमतिविना मुख्यमन्त्री योगी नेपाल आउँलान् भनेर विश्वास  भने गर्न सकिँदैन । 

राज्यले न आदित्यनाथलाई स्वागत गर्नु हुन्छ न डा. सन म्योङ मुनको धर्म प्रचारको कार्यसूचीलाई नै प्रवर्धन गर्नु हुन्छ । सरकारसमेत सहआयोजक हुने गरी यही मंसिरमा नेपालमा विवादास्पद संस्थाहरूले अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गर्ने तय भइसकेको छ । दुर्भाग्य, यी दुवै गर्न नहुने काम सरकारकै प्रत्यक्ष परोक्ष संलग्नतामा हुन लागेको छ । धार्मिक सहिष्णुता बिगार्न सक्ने यस्ता काम बुद्ध जयन्ती मनाए वा वा भोटो जात्रामा सम्मिलित भएजस्तो स्वीकार्य कर्म होइनन् । समय छँदै सरकारले योगी आदित्यनाथलाई कूटनीतिक माध्यमबाट नेपालमा उनी अस्वीकार्य रहेको सन्देश पु¥याउनुपर्छ भने डा. सन म्योङ मुन मुनको इसाई धर्म प्रचारको अभियानमा सहआयोजक हुनुबाट पनि पन्छिनुपर्छ । राज्यले गर्नुपर्ने त अरू नै धेरै काम छन् नि ! 

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०७५  १३:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC