site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
चिनियाँ बजारः जहाँ चाहेअनुसारको स्मार्टफोन आफैँले निर्माण गर्न सकिन्छ !
Sarbottam CementSarbottam Cement

एजेन्सी । चीनको शेनजेनस्थित ह्वाकिआङबेइ बजारमा हामीले सबै किसिमका उपकरणहरु खरिद गरि टुक्राहरुबाटै केही घण्टामा आफूले चाहे अनुसारको स्मार्टफोन आफैँले निर्माण गर्न सक्छौँ । हजारौँ स्क्वायर फुटसम्म फैलिएको यो बजार ती बिक्रेताहरुको मुख्यालय हो जहाँ हामीले फोनका क्यामरा, मदरबोर्ड र फ्रेमदेखि स्क्रिनसम्म आफैँ निर्माण गर्न सक्ने संचार माध्यम सिएनएनले जनाएको छ ।

यसरी स्मार्टफोन मात्र नभएर त्यहाँ पावर बैंक लगायत ड्रोनसहित सम्पूर्ण विद्युतिय उपकरणका अलग अलग भाग उपलब्ध हुन्छ । त्यहाँ जाने प्रायः सबैले एप्पल, सामसुङ लगायतका कम्पनीका डिजाइन र बनावटको नक्कल गरि आफ्नो रोजाइको स्मार्टफोन निर्माण गर्ने गर्दछन् जसमा अमेरिकाको बौद्धिक सम्पदाबारे नियम भने लागू हुँदैन । तर कतिपय मानिसहरु भने भिन्दाभिन्दै कम्पनीका पार्टसहरु संकलन गरि हालका ग्याजेट भन्दा नयाँ भर्जनको आफ्नै नयाँ मोबाइल विकास गर्नतर्फ पनि लागिरहेका हुन्छन् । यसरी चिनियाँ बजारले कम लगानीमै प्राविधिक क्षेत्रमा रुची राख्ने उद्यमीहरुलाई नयाँ आविस्कार गर्ने अवसर दिइरहेको छ ।  यसकारण चीनले बाँकी विश्वलाई खबर नदिइ प्राविधिक क्षेत्रमा धेरै ठूलो स्केलमा नयाँ खोज गरिरहेको विश्लेषकहरु बताउँछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी विश्वककै सबैभन्दा ठूलो ड्रोन निर्माण कम्पनी डीजेआइ पनि शान्जेनबाटै सुरु भएको हो । सो कम्पनीले भने बालबालिकालाई लक्षित त्यस्ता उपकरण निर्माण गर्ने गर्दछ जसबाट उनीहरुले रेसिङ कार लगायत हलचल गर्ने रोबोटिक खेलाउनाहरु समेत आफैँले बनाउन सक्छन् । वास्तवमा बच्चाहरुलाई रमाइलो वातावरणमा कम्प्युटर प्रोग्रामिङ सिकाउने उद्देश्यसाथ कम्पनीले यस प्रकारका सफ्टवेयर डिजाइन गर्ने गरेको छ । यसरी अन्य मुलुकहरुमा हप्तौँ लाग्ने प्राविधिक निर्माणका कामहरु शान्जेनमा केही घण्टामै सम्पन्न हुने प्राविधिक विद्हरुको भनाइ छ । 

सो कम्पनीले गत वर्ष ५० करोड डलरको कमाइ गरेको थियो । यसरी दश वर्ष अघि मात्र शान्जेनका उत्पादन ९० प्रतिशत नक्कली र केबल १० प्रतिशत मात्र नयाँ हुने गर्दथे तर अहिले भने ७० प्रतिशत उपकरण नयाँ आविस्कार हुने गरेको पाइएको छ । तरपनि बौद्धिक सम्पदा चोरीको आरोपबाट शान्जेन कहिल्यै पन्छिन नसक्ने बताइन्छ । किनकी अझै त्यहाँ प्रशस्तै नक्कली आइफोन र नक्कली नाइकीका जुत्ताहरु विक्रीका लागि राखिएका हुन्छन् । यस्तोमा ट्रम्प प्रशासलने यही विषयलाई लिएर सुरु गरेको व्यापार युद्ध ट्ुङ्गो लगाउन धेरै कठिन हुने देखिएको हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०७५  ०५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC