site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विलासी सरकारी सत्ता

वर्तमान सत्ताधारीको दुई प्रवृत्ति स्पष्ट हुँदैआएको छ । एक तानाशाही मनोवृत्ति र अर्को विलासी सुखभोग । जनताको पक्षमा कुरामात्र गर्न भ्याएको अहिलेको सरकारले आफू निकटका ओहोदाधारी कार्यकर्तालाई सुख, समृद्धि बाँड्न भने उदार र मनपरी सुरु गरिसकेको छ । नागरिकको करबाट संकलित स्रोतको विलासी वितरण पहिले अनि तानाशाही यात्राको उदाहरण यसपछि । 

समृद्धि, सुशासन र राजनीतिक स्थिरताको हौवा फैलाएको सरकारको ध्यान दस महिना नपुग्दै त्यसबाट उठिसकेको छ । ध्यान त विलास र सुखभोगतिर केन्द्रित भएको देखिँदैछ । शून्य सहनशीलता भनिएको भ्रष्टाचारको होइन बरु पारदर्शिताको पारो पो शून्यतिर झर्दैछ ।

भ्रष्टाचार दिन दुईगुना,रात चौगुना भएको छ । आर्थिक अनियमितामा पक्राउ परेका घटनाले भ्रष्टाचारको पारो उक्लिएको देखिएको छ । राज्य विधिबाट हैन मनपरी निर्देशनमा चलाउन खोजिएको छ । समृद्धि जनतालाई सुनाउने तर आफू र आफ्नाले भोग गर्ने अवसर भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

भ्रष्टाचार संस्थागत बनाइँदै छ । हिजो व्यक्ति केन्द्रित भ्रष्टाचार अहिले संगठितरूपमै  संरक्षित र संस्थागत बनाइएको छ । ठूला आकारका (वाइड बडी) जहाज खरिदको कथा त्यही हो । नेपाल वायुसेवा निगमको यही कथासँगै त्यहाँ प्रधानमन्त्रीका आफन्तलाई अध्यक्ष नियुक्त गरिएको चर्चा छ । खुला बजारमा भन्दा चिनीको सरकार संरक्षित मूल्य पाँचदेखि दस रुपियाँसम्म बढी बनाइएको दसैं, तिहार भर्खरै बितेको हो । काण्डमात्रै होइन, सुनसमेत बेपत्ता भयो – तेत्तीस किलो सुन । सरकारको संरक्षणविना व्यक्तिको प्रयासले मात्र यस्ता अनेकौं र यति ठूला भ्रष्टाचारका घटना हुनसक्तैनन्, । केका लागि यति ठूलो भ्रष्ट्रचार ? इहलोक अर्थात् अहिले र पछिको आफ्नो पुस्तौँ पुस्ताको सुख समृद्धिका लागि !  

पारदर्शिता छैन । अपारदर्शी अवस्थामा आएका जानकारी पत्याउनु पर्ने अवस्था छ । पदाधिकारी वा आफन्त केन्द्रित विलास वितरणका कुरा सार्वजनिक भएका छन् । आफन्त कार्यकर्तालाई राज्यको ढुकुटीबाट मनपरी रकम बाँडिएको छ । समृद्धि तिनका लागि गरिब नागरिकले तिरेको करबाट आउने भयो । राजनीतिकरण र पक्षपात राणा तथा राजतन्त्रको बेलालाई उछिन्ने अवस्थामा पुर्याइएको छ । सेवाग्राहीले अतिरिक्त पैसा नदिई कुनै पनि काम सरकारी निकायमा सहजै हुँदैन । 

Global Ime bank

सरकारीभन्दा भिन्न दलको नेतृत्वमा बनेका स्थानीय तहलाई बजेट वा अन्य सहयोग दिन गरिएको कन्जुस्याइँ चरम पक्षपातको उदाहरण हो, नागरिकप्रति भेदभाव । कम्युनिस्टभन्दा भिन्न विचारका स्थानीय तहका पदाधिकारी गुनासो गर्दैछन् । तर, सुनुवाइ हँुदैन । केन्द्रीय सरकारले अत्यधिक कर बढायो, गाली स्थानीय तहले पाए । स्थानीय तहका पदाधिकारी नै भनिरहेछन् । 

गणतन्त्रलाई बदनाम गरिँदैछ । राजाहरुभन्दा पनि राष्ट्रपतिलाई थप बढी विलासी बनाइएको छ, देखाइएको छ । स्वयं राष्ट्रपतिले विलासी साधन माग गरेको चर्चा छ । गाडीकै लागि अठार करोडको मोटर माग भएको छ रे ! हेलिकोप्टर सयर गर्न राष्ट्रपति निवास नजिकैको प्रहरी तालीम केन्द्रलाई उठीवास लगाउने प्रयत्न भएको छ । 

हेलीप्याड चाहियो । थप तर्क दिइएको छ – प्रहरी तालिम केन्द्रको हल्लाले राष्ट्रपतिलाई गाह्रो भयो । आवासीय कर्मचारीलाई अप्ठ्यारो पर्यो । आउने पाहुना तर्सने भए । यसो भए पनि तालिम केन्द्र हटाउनै पर्छ र ? तालिमको अवसरमा गरिने विस्फोटको ठाउँ अन्यत्र सारिदिए हुन्छ । अर्थात् हल्ला हुने कार्यक्रम अन्यत्र गरे, त्यहाँ अध्ययन, अनुसन्धान र प्रशिक्षणका शान्त काम भए, के को हल्ला ? गाह्रोसाँगुरो टार्न अहिलेकै निवासको चौघेराभित्र हेलीप्याड पनि सम्भव होला । 

अर्कोतिर उपराष्ट्रपतिका लागि सुविधा सम्पन्न आवास बनाउन समाजकल्याण परिषद् लैनचौरबाट उठीबास हुने भयो । उपराष्ट्रपतिको निवासका लागि त्यो ठाउँ अत्यन्त अनुपयुक्त छ । दुई तीनतिर बाक्लो यातायात साधन चल्ने र केही वर्षभित्रै विस्तार गर्न जरुरी सडक छ । खेलकुद र  शैक्षिक क्षेत्र, विद्यार्थीहरु आन्दोलन गरिरहने ठाउँ, सधैँ निषेधित क्षेत्र घोषणा गरेर उपराष्ट्रपतिलाई शान्त, सुखमय वातावरण दिन हम्मे पर्ला । त्यस्ता दिन नआउलान् र ? भोलि यहाँ पनि हल्लाखल्ला भयो भन्ने अवस्था आउने नै छ । 

बरु अहिले नै उपयुक्त ठाउँको खोजी गरी उपराष्ट्रपति निवास बनाउनुपर्छ । त्यहाँ इच्छामुताबिकको भव्य निवाससँगै नेपालको पहाडी, हिमाली र तराइका घर आकृतिका पाहुना घर(भिल्ला) बनाए नेपाली आवास संस्कृतिको झलक पनि बाँच्ने थियो । प्रायः दरै, थारु समुदायका बाटुलेघर, पुतली गारो भएका दुईपाखे पहाडी घर र तराईतिरका ससाना घरलाई पनि त सुविधा सम्पन्न बनाउन सकिन्छ नि । त्यस्तो संरचना बनाए उपराष्ट्रपति निवास कति राम्रो मानिन्थ्यो होला ? अझै सोचियोस् । यी हरप पढेर कुनै बफादारले उपराष्ट्रपतिलाई भनिदेओस् – लैनचौरको त्यो ठाउँ पटक्कै उपयुक्त छैन । त्यहाँ लाग्ने खर्च अर्को उपयुक्त ठाउँ खोजेर गरे हुन्छ । 

विलासिता र अदूरदर्शी निर्णयको उक्त नालिबेली पछि, तानाशाहहरु विलासी हुन्छन् नै । अर्थात्, विलासी तानाशाह बन्छ, तानाशाह विलासी हुन्छ । यी पर्यायवाची जस्ता हुन् । सुखभोगको उत्पन्न अनियन्त्रित लालसाले शक्तिकेन्द्रित गर्ने, आफ्नो सोखमा कसैले प्रश्न गर्न नसक्ने तौरतरिका अपनाउने, यसका लागि सूचना लुकाउने वा भ्रम छर्ने काम तानाशाही मनोवृत्तिका सत्ताधारीले सुरु गर्छन् । अहिलेको सरकार ठीक यस्तै गर्दैछ । 

आफन्त केन्द्रित माथिका उदाहरणपछि तानाशाही कदमका उदाहरण । सूचना लुकाउने, झन्डै चार दर्जन निकाय प्रधानमन्त्रीमा केन्द्रित गर्ने । अर्थात्, राज्यशक्ति सबै कार्यकारी प्रमुखको मुठ्ठीमा राख्ने, सरकारी निकायमा चरम राजनीतिकरण वा कम्युनिस्टीकरण गर्ने र कम्युनिस्ट इतरका विचार र संस्थालाई नाकाबन्दी लगाउने वा प्रतिपक्षलाई मर्यादा नगर्ने अहिलेको सरकारको तानाशाही कदमका उदाहरण हुन् । 

तानाशाहहरुको विलासी जीवनका थुप्रै कथा नेपाली समाजले पढेको, सुनेको छ । लोग्नेको तानाशाहीमा पत्नी इमेल्दा मार्कोसको सुनको जुत्ता र पेटीलगायत महँगा सामग्रीको खातैखातको कथा यही पुस्ताको घटना हो । जब मार्कोसको तानाशाही पतन भयो तब दुनियाले प्रस्टै देखे विलास र तानाशाहीको अन्योन्याश्रित सम्बन्घ । 

‘जनताको पक्षमा कुनै काम भएको छैन’ सुन्दा असत्य लाग्दैन । सत्ताधारी कम्युनिस्ट पार्टीका नेतामध्येले नै भन्न थालेका छन् – जनताको पक्षमा सरकारले काम गर्न सकेन । तर, विचरा लाज पचाउन, सरकारले तत्काल गर्न नसके पनि दूरगामी प्रभाव दिने काम गरेको भन्छन् तिनीहरु । मन्त्रीहरुसमेत त्यसै भन्न थालेका छन् ।   

जनताको हितमा काम गर्न नसक्ने । आफ्ना कार्यकर्ता र पदाधिकारीलाई ‘रित्तो घोषणा गरेको’ ढुकुटीबाट अनियन्त्रित रकम बाड्ने, पदाधिकारीलाई सुविधामाथि सुविधा थप्ने यो कसको, कस्तो सरकारको हो ?
अपारदर्शी काम गर्न सूचना लुकाउने । सरकारी सबै सूचना लुकाइएको छ, लुकाइँदै छ । सबैभन्दा बढी निर्मला पन्त हत्याको सूचना सरकारले नै लुकाएको हो । सूचना लुकाएको वा अपारदर्शी बनाएको कारण बलात्कारी हत्याराको पहिचान पनि लुके, छुपेको हो । अपारदर्शिता अपराध लुकाउन र मनपरी गर्ने उपाय रहेछ सरकारी रबैयाले नै बुझाइदिएको छ । 

सुरक्षा ‘पशुपति भरोसा’ जस्तो भएको छ । सरकारी निकायकै तथ्यांकअनुसार दैनिक छ ओटा बलात्कारका घटना हँुदैछन् । हत्या बढेको छ । सुरक्षा निकायको मनोबल गिराएबाट वा दलीय र आपराधिक (पन्त हत्या) स्वार्थमा प्रयोग गरिएबाट यस्तो अवस्था आएको हो । दलीय अर्थात् सरकारी कम्युनिस्टको स्वार्थका लागि सुरक्षा निकायलाई आवश्यकताभन्दा बढी अत्यधिक दबाबमा राखिएको छ । यही कारण असुरक्षा बढेको छ ।   

मुलुकका सबै संयन्त्र ठीकठाक पार्ने दायित्वमा बसेको सरकारी नेतृत्व कर्मचारीतन्त्रलाई दोषारोपण गरेर पानीमाथि ओभानो हुन खोज्दैछ । विगतदेखि प्रभावहीन बनाइएको सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग अहिले झन् अलपत्रजस्तै भएका छन् । शान्ति प्रक्रियाबाट न्याय पाउनुपर्ने द्वन्द्व १२ वर्ष यता थप पीडित भइबसेकाछन् । हिंसात्मक द्वन्द्वका कारक नै सरकारमा छन् त किन त्यस्तो नहोस् । 

यसरी जनताका अपेक्षा र सरकारी दायित्व अलपत्र छन् भने ओहोदाधारीहरुको सुविधा बढाउने सक्रियता प्रतिदिन बढ्दो देखिन्छ । प्रतिपक्षीले जनतामा कुनै भरोसा जगाउन सकेका छैनन् । खासगरी नेपाली कांग्रेसले । समग्रमा दलहरुको असफलताले देश कुन दुगर्तितिर लागेको हो ? भन्नै नसकिने भयो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०७५  १२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC