site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेवानिलाई अझै ५५ पाइलट आवश्यक, ११२ जना जहाज उडाउँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई साना–ठूला गरी सबै १४ थान जहाज पूर्णरूपमा सञ्चालन गर्न थप करिब पाँच दर्जन पाइलट चाहिएको छ । निगमसँग हाल स्वदेशी तथा विदेशी गरी १ सय १२ जना पाइलट कार्यरत छन् । अब थप ५५ जना पाइलट व्यवस्थापन गर्न र थन्किएका ७ जहाज मर्मत गरी उडाउन सके निगमको छविमात्र नभई बजार हिस्सा पनि उल्लेख्य मात्रामा बढ्नेछ । 

“आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा रहेका सबै जहाज पूर्णरूपमा सञ्चालन गर्न हामीलाई अझै ५५ जना पाइलट चाहिन्छ,” निगमका प्रवक्ता अशोक सिग्देलले बिहीबार बाह्रखरीसँग भने, “यसका लागि हामी भरमग्दुर प्रयास गरिरहेका छौं । पछिल्लो पटक स्वदेशी तथा विदेशी गरी आधा दर्जन पाइलट भर्ना गर्ने प्रक्रिया अगाडि बढेको छ ।”

निगमसँग हाल युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निर्मित २ सय ७४ सिट क्षमताका दुईथान ‘ए३३०–२००’ र १ सय ५८ सिटे दुईथान ‘ए३२०–२००’, अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा निर्मित १ सय ९० सिटे एउटा ‘बी७५७–२००’, क्यानडामा निर्मित १९ सिटे तीनथान ‘ट्विनअटर डिचसी६’ तथा चीनमा निर्मित ५८ सिटे दुईथान ‘एमए–६०’ र १७ सिटे चारथान ‘वाई१२–ई’ सिरिजका जहाज छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

तीमध्ये एउटा ए३३०, तीनवटा ट्विनअटर, एउटा एमए–६० र दुईथान वाई१२–ई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ छन् । एउटा ए३३० करिब दुई सातादेखि, दुइटा ट्विनअटर दुई महिनादेखि, अर्को ट्विनअटर ६ वर्षदेखि, एउटा एमए–६० साढे दुई महिनादेखि, एउटा वाई१२–ई सात महिना र अर्को तीन महिनादेखि थन्किएका छन् ।

निगमका अनुसार ठूलो (वाइड बडी) ए३३० जहाज उडाउन हाल ८ क्याप्टेन, ७ कोपाइलट र २ प्रशिक्षक पाइलट (आइपी) छन् । तीमध्ये २ नेपाली र ६ विदेशी क्याप्टेन, ७ नेपाली कोपाइलट र २ आइपी विदेशी हुन् । दुईथान ए३३० लाई १८ क्याप्टेन, १८ कोपाइलट र ६ आइपी चाहिने मापदण्ड छ । अब निगमलाई १० क्याप्टेन, ११ कोपाइलट र ४ आइपी अभाव छ ।
त्यसैगरी सानो (न्यारो बडी) आकारको ए३२० जहाज उडाउन हाल २१ क्याप्टेन, ११ कोपाइलट र ३ आइपी छन् । तीमध्ये १८ नेपाली र ३ विदेशी क्याप्टेन, ११ नेपाली कोपाइलट तथा १ नेपाली र २ विदेशी आइपी हुन् । दुइटा ए३२० लाई १६ क्याप्टेन, १६ कोपाइलट र ६ आइपी चाहिने मापदण्ड छ । अब निगमलाई ५ कोपाइलट र ३ आइपी चाहिएको छ । तर, क्याप्टेन भने मापदण्डभन्दा ५ बढी भइसकेका छन् । 

Global Ime bank

निगमको एकमात्र बोइङ ७५७ जहाजका लागि भने हाल ७ क्याप्टेन र २ आइपीमात्र छन् । कोपाइलट भने एकजना पनि छैनन् । तीमध्ये ६ नेपाली र १ विदेशी क्याप्टेन तथा आइपी १ विदेशी र १ नेपाली हुन् । अब निगमलाई १ क्याप्टेन र ८ कोपाइलट तथा १ आइपी चाहिन्छ । एकथान बोइङलाई ८ क्याप्टेन, ८ कोपाइलट र ३ आइपी चाहिने मापदण्ड छ । 

चिनियाँ जहाज एमए–६० उडाउन हाल ५ क्याप्टेन, २१ कोपाइलट र १ आइपी छन् । तीमध्ये ४ नेपाली र १ विदेशी क्याप्टेन, २ नेपाली कोपाइलट र १ आइपी नेपाली हुन् । दुईथान एमए–६० लाई ५ क्याप्टेन, ५ कोपाइलट र २ आइपी चाहिने मापदण्ड छ । अब ३ कोपाइलट र १ आइपी अभाव छ ।

साना चारथान चिनियाँ वाई१२–ई जहाज उडाउन हाल ४ क्याप्टेन, ७ कोपाइलट र १ आइपी छन् । तीमध्ये ३ नेपाली र १ विदेशी क्याप्टेन, ७ नेपाली कोपाइलट र १ आइपी विदेशी हुन् । ती जहाजलाई पूर्णरूपमा सञ्चालन गर्न ७ क्याप्टेन, ७ कोपाइलट र २ आइपी चाहिने मापदण्ड छ । अब निगमलाई ३ क्याप्टेन र १ आइपी अभाव छ ।

त्यस्तै १९ सिटे तीनवटा ट्विनअटर जहाज उडाउन हाल ५ क्याप्टेन, ५ कोपाइलट र २ आइपी छन् । ती सबै पाइलट नेपाली हुन् । ट्विनअटरलाई अब २ क्याप्टेन र २ कोपाइलट भए पुग्छ । यसमा ७ क्याप्टेन, ७ कोपाइलट र २ आइपी हुनुपर्ने मापदण्ड छ । 

“ए३३० जहाजका लागि तीन विदेशी क्याप्टेन लिने प्रक्रियामा छौं भने दुई नेपाली क्याप्टेनलाई तालिमका लागि विदेश पठाउने तयारी भइरहेको छ,” निगम प्रवक्ता सिग्देलले भने, “नेपाली पाइलटको तबलभत्ता लगायत सेवासुविधा वृद्धि गर्न सञ्चालक समितिले निर्णय गरी पर्यटन मन्त्रालय हुँदै हाम्रो प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ । चाँडै सकारात्मक निर्णय हुने विश्वास छ ।”

तस्बिर : विजय लामाको फेसबुकबाट

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०७५  १२:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC