site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गृहमन्त्रीकै अगाडि पूर्वलडाकुद्वारा विष खाएर आत्महत्याको प्रयास  
Sarbottam CementSarbottam Cement

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ कै कार्यकक्षमा बुधबार एकजना पूर्वलडाकुले विष सेवन गरी आत्महत्याको प्रयास गरेका छन् । कालीकोट घर भएका पूर्वलडाकु ३२ वर्षीय कुलप्रसाद भट्टराईले बुधबार दिउसो ४ बजेर १० मिनेट जाँदा गृहमन्त्री थापाकै कार्यकक्षमा विष सेवन गरेको गृह मन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ ।

आफ्नो समस्या राख्नुछ भन्दै गृह मन्त्रालय पुगेका भट्टराईले गृह मन्त्रीलाई भेट्दा आफू ठूलो मानसिक तनावमा रहेको र युद्धका कारण जीवन बर्वाद भएको दुखेसो पोखेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

स्रोतले भन्यो, “गृहमन्त्रीसँग गुनासो गर्दागर्दै उनले गोजीबाट मेटासिट निकालेर सेवन गरे । उनले त्यो भन्दाअघि पनि बाहिरै विष सेवन गरेको हुनसक्ने अनुसन्धानबाट खुलेको छ । विष सेवन गरेपछि गृहमन्त्रीको निर्देशनमा सुरक्षाकर्मीले नियन्त्रणमा लिएर अस्पताल पुर्याएको छ ।”

उनको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०७५  १७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC