site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ब्राजिलको जितमा नेइमार घाइते, एमबाप्पेलाई पनि चोट लाग्दा पिएसजी पीडित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

लन्डन । पेरिस सेन्ट जर्मन (पिएसजी) का फरवार्ड नेइमार घाइते भएपछि ब्राजिलले मिल्टन कइन्समा मंगलबार राति क्यामरुनमाथि १–० को जित हासिल गरे पनि खुसी मनाउन सकेन । 
खेल सुरु भएको छैटौं मिनेटमै घाइते भएका नेइमारलाई तत्काल रिचार्लिसनबाट स्थानान्तरण गर्नुपरेको थियो । नेइमारको मांसपेशीमा चोट लागेको बताइएको छ । नेइमारलाई स्थानान्तरण गरेका फरवार्ड रिचार्लिसनले नै ब्राजिलका लागि विजयी गोल गरे । मध्यान्तर हुनै लाग्दा रिचार्लिसनले हेडबाट गरेको गोल ब्राजिलको जितका लागि पर्याप्त भयो । 
क्यामरुनमाथि एकतर्फी दबाब कायम गरे पनि ब्राजिलले थप गोल गर्न भने सकेन । दोस्रो हाफमा म्यानचेस्टर सिटीका ग्याब्रिअल जिसस र आर्थरको प्रहार पोष्टमा लागेर फर्कियो । 
नेइमारको चोट गम्भीर नभए पनि ब्राजिली टिम डाक्टर रोडरिगो लास्मारले तत्काल त्यसको अवस्था भन्न नसकिने बताए । “उनलाई अप्ठेरो भइरहेको छ । त्यो समस्या खासै गम्भीर नभए पनि वास्तविक अवस्था बुझ्न केही समय लाग्छ,” उनले भने । 
फ्रान्स र उरुग्वेबीच भएको अर्को मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा नेइमारका पिएसजी सहयात्री किलियन एमबाप्पे पनि घाइते भएका छन् । फ्रान्सेली फरवार्ड एमबाप्पेको पाखुरामा चोट लागेको छ । फ्रान्सेली च्याम्पियन पिएसजीले शनिबार घरेलु मैदानमा टाउलाउसलाई निम्त्याउँदैछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०७५  १२:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC