site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

कावासोती, रासस । नवलपरासी नवलपुरको बुलिङटार गाउँपालिका एक वर्षदेखि सचिवविहीन बनेको छ । गाउँपालिकामा रहेका वडा कार्यालयमा एक वर्षदेखि सचिव नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । 

गाउँपालिकामा छ वडा छन् । छवटै वडामा एक वर्षदेखि सचिव भने छैनन् । वडासचिव नहुँदा वडाबाट हुने काम प्रभावित हुने गरेका छन् । नवलपुरको विकट पहाडी क्षेत्रमा रहेको यस गाउँपालिकामा वडासचिव नहुँदा स्वास्थ्यका कर्मचारीको सहयोग लिएर काम गर्दै आएको गाउँपालिका अध्यक्ष शशीकिरण वस्ताकोटीले जानकारी दिए । “पंजिकाको काम स्वाथ्यका कर्मचारीसँग सहयोग मागेर गर्दै आएका छौँ,” अध्यक्ष वस्तोकाटीले भने, “नियमित रूपमा बस्ने वडासचिव भएजस्तो काम हुँदैन, यसले समस्या सिर्जना भएको छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

वडामा सचिव नहुँदा स्थानीयवासीलाई समस्या भएको आफूले महसुस गरे पनि वडासचिवको व्यवस्थापन हुन नसक्दा समस्या पर्दै आएको अध्यक्ष वस्ताकोटीले बताए । वडासचिवको व्यवस्थापनका लागि जिल्ला समन्वय समिति कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायत सम्बन्धित निकायसँग पटकपटक आग्रह गर्दा पनि कर्मचारीको व्यवस्थापन हुन नसकेको उनले बताए । 

पहाडी विकट क्षेत्र भएकाले कर्मचारी कामका लागि आउन नखोज्ने र सम्बन्धित निकायले समेत चासो नदिँदा समस्या सिर्जना भएको अध्यक्ष वस्ताकोटीले बताए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०७५  ११:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC