site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
झोलुङ्गे पुल सडक किनारमा थुपारिएका सामग्री हटाइए 
Ghorahi CementGhorahi Cement

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर झोलुङ्गे पुल सडकको पिपरिया खण्डमा छेउछाउमा थुपारिएका निर्माण सामग्री हटाइएको छ । स्थानीयले आफ्ना घर नजिक सडक किनारमा राखेका निर्माण सामग्रीले सवारी दुर्घटना हुन थालेपछि हटाइएको हो ।
सडक किनारका ढुङ्गा, बालुवा  र गिट्टी हटाएपछि सडक दुर्घटनामा त्रास हटेको सुनौलो बिहानी युवा समाजका अध्यक्ष महेशदत्त भट्टले बताए । “सडकमा त्रास बोकेर हिँड्नुपर्थ्यो, अब समान हटाएपछि त्यस्तो डर हटेको छ,” उनले भने, “अबदेखि सडकमा निर्माण सामग्री थुपार्न दिँदैनौ ।”

तिहारको भाइ टीकाका दिन सडक खण्डमा सवारी दुर्घटनामा पर्दा एक युवतीको ज्यान गएपछि सडक किनारमा ती सामग्री हटाउन वडा कार्यालयमाथि दबाब परेको थियो ।

Agni Group

वडा कार्यालयले टोल विकास संस्था, सुनौलो बिहानी युवा समाज, महिला स्वास्थ्य स्वयम् सेविका, राजनीतिक दल, शिक्षक, विद्यार्थी, आमा समूह र प्रहरीको सहभागितामा निर्माण सामग्री हटाइएका हुन् । ती सामग्री हटाउन सिद्धनाथ माध्यमिक विद्यालय बडैपुरका विद्यार्थीहरु सहभागी भएका छन् ।

सडक किनारमा निर्माण सामग्रीसहित झाडी समेत फडान गरी सफाइ गरिएको छ । भीमदत्त नगरपालिका वडा नं. १३ मा पर्ने यो सडक खण्ड महाकाली नदीको झोलुङ्गे पुल हेर्न आउने पर्यटक र महाकाली नदीमा ढुङ्गा, बालुवा र गिट्टी बोक्ने सवारीका कारण सडकमा सवारी चाप अत्यधिक हुने गरेको छ ।

Global Ime bank

भीनपा १३ का वडा अध्यक्ष लाल बहादुर शाहीले सार्वजनिक सूचना अनुसार सामग्री हटाउन आनाकानी गरिएपछि सबैको सहभागितामा हटाइएको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०७५  १०:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC