site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकी राष्ट्रपतिको विवादास्पद भनाइ–साउदी अरेबियासँगको सम्बन्ध खसोग्जी हत्या भन्दा पनि व्यापारमा निर्भर 
Sarbottam CementSarbottam Cement

वाशिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र साउदी अरेबियाको सम्बन्ध  साउदी पत्रकार जमाल खसोग्जीको हत्याबाट होइन कि व्यापारिक कारोबार र इरानविरुद्धको कार्यगत एकतामा निर्भर हुने बताएका छन् ।  मंगलबार ह्वाइट हाउस बाहिर पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने,‘‘यदि हामीले साउदी अरेबियालाई त्याग्यौं भने यो डरलाग्दो गल्ती हुनेछ । हामी साउदी अरेबियाको साथमा छौं ।’’

ट्रम्पले मध्यपूर्वको नीतिका सम्बन्धमा साउदी अरेबियासँगको सम्बन्धको महत्व रहेको र अमेरिकी हतियारको साउदी अरेबिया सबैभन्दा ठूलो क्रेता भएको समेत संकेत गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

गएको अकटोबर २ मा इस्तानबुलस्थित साउदी अरेबियाको दूतावासमा मारिएका पत्रकार खसोग्जीको हत्यामा साउदी युवराज मोहम्मद बिन सलमानको हात रहेको अमेरिकी गुप्तचर संस्था सिआइएको हवाला दिंदै समाचार सार्वजनिक भइरहेको बेलामा ट्रम्पको यो विवादास्पद भनाइ आएको हो । 

पत्रकार खसोग्जीको हत्यामा जोसुकै सामेल भएपनि अमेरिकाले कारवाही प्रक्रिया अघि नबढाउने र साउदी अरेबियासँगको अमेरिकी सम्बन्ध यथावत रहने संकेत ट्रम्पले गरेको समाचारहरुमा जनाइएको छ । अमेरिका र साउदी अरेबियाको सम्बन्ध सन् १९४०को दशकदेखि नै प्रजातन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रता भन्दा पनि तेलको आपूर्तिबारेको रणनीतिक चासोबाट निर्देशित रहेको बताइने गरेको छ ।  ट्रम्पले साउदी अरेबियासँगको सम्बन्ध बिग्रिएमा सो देशसँग भएको ११० बिलयन डलरको सैन्य सामग्री बिक्री सम्बन्धी सहमति नै रद्ध हुन सक्ने र  त्यसको फाइदा रसिया वा चीनले लिन सक्ने संकेत समेत गरेका छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०७५  ०९:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC